यस पटेर्वा सुगौली गाँउपालिकामा जि.स.स, पर्साको आयोजनामा स्थानीय सरकार संचालन एवं अन्तर सम्बन्धित विषयक कार्यक्रम मिति २०७५ ।०३।०७ देखि २०७५।०३।०९ गते सम्म ३ दिने हुने आज २०७५।०३।०७ गते यसै गा.पा को कार्यालयमा सुरुवात भएको छ ।
उक्त कार्यक्रम जि.स.स, पर्साका महिला सदस्य श्रीमती संगीता देवीका सभापतित्वमा भएको थियो भने प्रमुख अथिति गा.पा का अध्यक्ष श्री हरिनारायण चौधरी, विशेष अथिति जि.स.स,पर्साका स्था.वि.अ श्री निश्चलराज पाण्डे, गा.पा का उपाध्यक्ष श्रीमती ममता महतो , प्रमुख प्रशासकीय अधिकृत, गा.पा सभा सदस्यहरुका र वडा सचिवहरुका सहभागिता रहेको थियो ।