यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७५।११।२२ गतेको दिन "गाउँपालिका उर्जा योजना" कार्यक्रम १ दिने सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि गा.पा का अध्यक्ष श्री हरिनारायण चौधरी ज्यु, विशिष्ठ अतिथि गा.पा. का उपाध्यक्ष श्री ममता महतो ज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री सरोज कुमार चौधरी ज्यु र सहभागीतामा सबै वडाका वडा अध्यक्ष ज्युहरु , कार्यपालिका सदस्य ज्युहरु, सबै शाखाका कर्मचारीहरुका उपस्थिति थियो। उक्त कार्यक्रमा प्रशिक्षक/संयोजक श्री संजिव लाल र सहयोगी श्री मिलन सापकोटा(ईलेक्ट्रिकल ईन्जिनियर) र उर्जा तथा वातावरण अधिकृत श्री निर्मल कुमार सिंह ज्यु हुनुहुन्थयो ।