यस पटेर्वा सुगौली गाउँपालिका पर्साको शिक्षा शाखाबाट मिति २०७६ जेष्ठ २ गतेको दिन श्री ने.रा.मा.वि सुगौली दा.प मा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत कक्षा कोठामा आधारित पठन सिप परीक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गा.पा. उपाध्यक्ष श्री ममता महतो ज्यूको अध्यक्षतामा १ दिने कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा गा.पा अन्तर्गतका EGRP लागु भएका विद्यालयका प्र.अ र सहायक शिक्षक/शिक्षिका गरि प्रत्येक विद्यालयबाट २ जना र प्रशिक्षक श्री भरत साहानी , व्यवस्थापक श्री शम्भु प्रसाद साह(श.अ.) ज्यूको उपस्थिति थियो ।