मिति २०७५।०७।१५ गते यस पटेर्वा सुगौली गाउँपालिका (प्रस्तावक) र चित्रांस मल्टि सपोर्ट कनसल्टेन्सी प्रा.वि, पुलचोक, ललितपुर (परामर्शदाता) ले, गा.पा का अध्यक्ष श्री हरिनारायण चौधरी ज्युको अध्यक्षतामा पटेर्वा सुगौली गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्ने गादी खोला तथा भेलाही खोलाबाट नदी जन्य उत्खन्न कार्यको लागि प्रारम्भिक वातावरणिय परिक्षण ( IEE) अध्ययनको लागि गरिएको सार्वजनिक सुनवाई वडा नं. २, गादी मंदिर निर सम्पन्न गरियो । उक्त कार्यक्रममा गा.पा का उपाध्यक्ष श्री ममता महतो ज्यु, वडा अध्यक्ष ज्युहरु, प्राविधिक तथा अन्य कर्मचारीहरु, प्रहरी, जनता, अगुवा समाज, पत्रकार हरुको उपस्थिति थियो । यस सार्वजनिक सुनवाईमा जनताबाट सल्लाह सुझावमा छलफल गरियो ।