यस पटेर्वा सुगौली गाउँपालिका, पर्सा अन्तर्गत मिति २०७६/१०/२१ गते विहान ६ः०० बजे गा.पा. अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको प्रमुख अतिथिको उपस्थितीमा त्रिपालीका बहुमुखी क्याम्पसको पूजापाठ गराई सिलानियास गरियो। सो सिलानियास कार्यक्रममा विशिष्ठ अतिथिमा गा.पा उपाध्यक्ष श्री ममता महतो ज्यू, सखुवा प्रसौनी गा.पा को उपाध्यक् श्री फूलमति कुमारी थरुनी , आमजनता , पत्रकार आदिको उपस्थिती थियो ।