यस पटेर्वा सुगौली गा.पा पर्सामा मिति २०७७ मंसिर २४ गते गा.पा उपाध्यक्ष श्री ममता महतो ज्यूको अध्यक्षतामा "पालिका स्तरीय परियोजना समापन बैठक" सम्पन्न गरियो । उक्त कार्यक्रममा गा.पाका प्रमुख प्रशासकिय अधिकृत श्री भुजेन्द्र प्रसाद यादव, स्वा.शाखा प्रमुख श्री जगन्नाथ साह, सूचना प्रविधि अधिकृत श्री सोलेन्द्र पंजियार, पटेर्वा सुगौली स्वा.चौकी प्रमुख श्री दिनेश रौनियार, स्वास्थ्यकर्मी, महिला स्वा.स्वयं सेवीहरु , स्थानीय पत्रकार श्री प्रमोद यादव लगायतको उपस्थिति थियो । सो कार्यक्रमको आयोजक" सुनौलो परिवार नेपाल" रहेको र ताहाँ संस्थामा कार्यरत श्री मनिषा श्रेष्ठ (Program District Officer) ले पावरपोवाइन्टको माध्यमले विषयवस्तु प्रस्तुत गर्नुभयो । साथै टोल फ्रि नं. " ११४३ " मा डायल गरी निशुल्क परिवार नियोजन सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिन्छ भन्नी मनिषा श्रेष्ठले सबैमा जानकारी गराउनु भयो ।