मिति २०८० मंसिर २१ गते देखी २४ गते सम्म यस पटेर्वा सुगौली गाउँपालिका पर्सा र तिलगङ्गा आँखा प्रतिष्ठान, हेटौडा सामुदायिक आँखा अस्पताल, तिलगङ्गा सामुदायिक आँखा केन्द्र निचुटा द्वारा संचालित आँखा शिविरमा जम्मा १६०१ जना विरामीहरुले उपचार गराएका छन्। जस मध्ये ३१९ जना मोतियाबिन्दुको शल्यक्रिया र १ जना आँखामा मासु पलाएको शल्यक्रिया गरी ३२० जनाले शल्यक्रिय गराएका छन। यो शिविर गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी तथा सम्पूर्ण जनप्रतिनिधी, स्वास्थ्यकर्मी, चिकित्सक, नागरीक समाज, बुद्धिजिवी लगायतका सक्रियतामा सम्पन्न भएको छ ।