FAQs Complain Problems

ग्यालरी

Title Body Date Images
गादी प्रसुती केन्द्र समुद्घाटन कार्यक्रम 07/27/2025 - 14:24 गादी प्रसुती केन्द्र समुद्घाटन कार्यक्रम
२२ औँ राष्ट्रिय धान दिवस २०८२

यस पटेर्वा सुगौली गाउँपालिका पर्साको वडा नं. ५ स्थित मनिहार्वा टोलमा महिला कृषि समूहको समन्वयमा २२ औ राष्ट्रिय धान दिवस २०८२ , असार १५ गते "धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता " मूल नाराका साथ गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको अध्यक्षतामा मनाइयो।
उक्त कार्यक्रममा गा.पा. उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, कृषि समूह, कृषक लगायतका उपस्थिति रहेको थियो

07/01/2025 - 10:55 २२ औँ राष्ट्रिय धान दिवस २०८२
आ.व. २०८२/०८३ को निती तथा कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्साको मिति २०८२ असार ९ गते सोमबारको दिन गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको अध्यक्षतामा १५ औं गाउँ सभा अधिवेशन वडा नं. ४ को वडा कार्यालयको सभाहलमा गा.पा. उपाध्यक्ष ममता महतो ज्यूबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि निति तथा कार्यक्रम वडा अध्यक्ष, प्र.प्र.अ. ,कार्यपालिाका सदस्य, गाउँ सभा सदस्य, कर्मचारी, प्र.अ., सुरक्षाकर्मी, पत्रकार ल्गायतको उपस्थितिमा प्रस्तुत गरी कुल बजेट रु. ४१ करोड १४ लाख ७४ हजार ६२३ रुपैयाँ रेहेको जानकारी समेत दिनु भयो।

06/23/2025 - 17:15 आ.व. २०८२/०८३ को निती तथा कार्यक्रम
रंगपुरमा कृषि बजार तथा चिसयान केन्द्र सहितको भवनको समुद्घाटन कार्यक्रम

पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ रंगपुरमा कृषि बजार तथा चिसयान केन्द्र सहितको भवन निर्माण कार्य समपन्न भई मिति २०८१ फागुन ६ गते मंगलबारको दिन उक्त बजारको समुद्घाटन प्रमुख अतिथि मधेश प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय जनार्दन सिंह क्षेत्री ज्यूबाट सु-समपन्न गरियो । उक्त उद्घाटन कार्यक्रमको अध्यक्षता गा.पा. अध्यक्ष दिनेश कुमार चौधरी ज्यूले गर्नु भएको थियो । साथै पटेर्वा सुगौली गा.पा. का उपाध्यक्ष, वडा अध्यक्षहरु लगायतका सम्पूर्ण जनप्रतिनिधिहरु , कृषिक अगुवा, समूह, सहकारी, सुरक्षाकर्मी, संचारकर्मी, कर्मचारी, आम नागरीक आदि लगायत को उपस्थित रहेको थियो ।

02/18/2025 - 12:58 रंगपुरमा कृषि बजार तथा चिसयान केन्द्र सहितको भवनको समुद्घाटन कार्यक्रम
नव निर्मित आधारभूत अस्पताल (१० शैया) भवनको समुद्घाटन कार्यक्रम

पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ मा नव निर्मित आधारभूत अस्पताल (१० शैया) भवनको मिति २०८१ असोज ८ गते नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिका सभापति एवम् पूर्व प्रधानमन्त्री सम्मान्नीय शेर बहादुर देउवा ज्यूको करकमलबाट सु-सम्पन्न भयो । उक्त उद्घाटन कार्यक्रमको अध्यक्षता पटेर्वा सुगौली गा.पा. को प्रमुख श्री दिनेश कुमार चौधरी ज्यूले गर्नु भएको थियो।

09/24/2024 - 20:33 नव निर्मित आधारभूत अस्पताल (१० शैया) भवनको  समुद्घाटन कार्यक्रम
प्रमुख प्रशासकीय अधिकृत श्री प्राण मेहता ज्यूको हाजिरीको स्वागतम् कार्यक्रम

मिति २०८१ भदौ २१ गते शुक्रबारको दिन पटेर्वा सुगौली गाउँपालिका पर्साको अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारबाट प्रमुख प्रशासकीय अधिकृत पदमा कामकाज गर्नलाई खटाईएका श्री प्राण मेहता ज्यूलाई हाजिरी गराई स्वागत गर्नु भएको छ । साथै गा.पा. उपाध्यक्ष लगात शाखा प्रमुख तथा कर्मचारीहरुबाट समेत स्वागत गरियो।

09/08/2024 - 14:54 प्रमुख प्रशासकीय अधिकृत श्री प्राण मेहता ज्यूको हाजिरीको स्वागतम् कार्यक्रम
२१ औँ राष्ट्रिय धान दिवस २०८१

२१ औँ राष्ट्रिय धान दिवस २०८१ यस पटेर्वा सुगौली गा.पा. पर्सामा मिति २०८१ असार १५ गते वडा नं. ४ स्थित फराहदवाको कृषक समुहको सहकार्य, सहयोग र कृषि औजार अनुसन्धान केन्द्र वीरगंज पर्साको प्राविधिक सहयोगमा पटेर्वा सुगौली गा.पा. कृषि शाखाबाट आयोजित कार्यक्रममा गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको प्रमुख अतिथी लगायत गा.पा. उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, महिला कृषि समुह, कृषक आदिको उपस्थितिमा "जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि" मूल नाराका साथ राष्ट्रिय धान दिवस २०८१ मनाईयो।

06/30/2024 - 10:49 २१ औँ राष्ट्रिय धान दिवस २०८१
आ.व. २०८१/०८२ को निती तथा कार्यक्रम प्रस्तुती कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०८१ असार ९ गते आईतबारको दिन गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको अध्यक्षता र पूर्व गा.वि.स. अध्यक्ष श्री प्रमेश्वर गौरोको प्रमुख अतिथिमा १३ औं गाउँ सभामा आ.व. २०८१/०८२ को निति तथा कार्यक्रम गा.पा. उपाध्यक्ष श्री ममता महतो ज्यूबाट प्रस्तुत भई कार्यक्रम समपन्न भयो। उक्त कार्यक्रममा सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, प्र.प्र.अ., सम्पूर्ण कर्मचारी, प्र.अ. स्वास्थ्य चौकी प्रमुख, राजनितीक दल प्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी लगायत पालिका अन्तर्गतका नागरीक समाज अगुवा, आम-नागरीक आदिको उपस्थिति रहेको थियो।

06/23/2024 - 16:59 आ.व. २०८१/०८२ को निती तथा कार्यक्रम प्रस्तुती कार्यक्रम
ढकिया तथा पथिला बनाउने सिप मूलक तालिम सम्पन्न

यस पटेर्वा सुगाैली गा.पा. काे महिला तथा बालबालिका शाखाबाट आयाेजित १५ दिने ढकिया तथा पथिया बनाउने सीप मूलक तालिम गा.पा अध्यक्ष दिनेश कुमार चाैधरी ज्यूकाे अध्यक्षतामा मिति २०८० चैत्र ९ गते समपन्न भएकाे छ । 

03/23/2024 - 07:41 ढकिया तथा पथिला बनाउने सिप मूलक तालिम सम्पन्न
पि.पि.आर रोग विरुद्ध सप्ताह व्यापी खोप कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्साको पशु सेवा शाखाबाट बाख्राहरुलाई लाग्ने पि.पि.आर रोग विरुद्ध सप्ताह व्यापी खोप कार्यक्रम मिति २०८० चैत्र १ गते देखी यस गा.पा. का सबै वडाहरुमा संचालन भईरहेको हुँदा सम्पूर्ण पशु पालन गर्ने कृषकहरुलाई यस खोप कार्यक्रममा सहभागी भई दिनु हुन जानकारी गराईन्छ।

सम्पर्कः

गा.पा. पशु सेवा शाखा - ९८४३५६९८४३

03/14/2024 - 13:33 पि.पि.आर रोग विरुद्ध सप्ताह व्यापी खोप कार्यक्रम

Pages

//