FAQs Complain Problems

ग्यालरी

Title Body Date Images
बृहत पोषण प्याकेज तथा क्षमता अभिवृद्धि IMAM Refresher कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को स्वास्थ्य शाखाबाट मिति २०७६/०२/२४ र २०७६/०२/२५ गते २ दिने बृहत पोषण प्याकेज तथा क्षमता अभिवृद्धि IMAM Refresher कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री सरोज कुमार चौधरी ज्यू, स्वास्थ्य शाखा संयोजक र सह-सहयोजक ज्यूहरु, स्वास्थ्य चौकी प्रमुख, कार्यरत स्वास्थ्यकर्मीहरु आदीको सहभागीतामा सम्पन्न गरिएको कार्यक्रमको तस्वीहरु

06/09/2019 - 12:08 बृहत पोषण प्याकेज तथा क्षमता अभिवृद्धि IMAM Refresher कार्यक्रमको तस्वीर
उपभोक्ता समिति गठन तथा परिचालन सम्बन्धी तालिम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६।०२।०८ देखि २०७६।०२।०९ सम्म श्री ने.रा.प्रा.वि फरादवा मा गा.पा. अध्यक्ष ज्यूको अध्यक्षतमा समापन्नको घोषणा गरियो। उक्त कार्यक्रममा अथितिको रुपमा गा.पा. उपाध्यक्ष, वडा नं. १ का वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत,शखा अधिकृत,योजना शाखा प्रमुख, प्राविधि शाखा, आर्थिक प्रशासन शाखा, सुचना प्रविधि शाखा , पत्रकार ज्यूहरुको उपस्थिति थियो ।

05/24/2019 - 15:35 उपभोक्ता समिति गठन तथा परिचालन सम्बन्धी तालिम
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्साको शिक्षा शाखाबाट मिति २०७६ जेष्ठ २ गतेको दिन श्री ने.रा.मा.वि सुगौली दा.प मा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत कक्षा कोठामा आधारित पठन सिप परीक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गा.पा. उपाध्यक्ष श्री ममता महतो ज्यूको अध्यक्षतामा १ दिने कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा गा.पा अन्तर्गतका EGRP लागु भएका विद्यालयका प्र.अ र सहायक शिक्षक/शिक्षिका गरि प्रत्येक विद्यालयबाट २ जना र प्रशिक्षक श्री भरत साहानी , व्यवस्थापक श्री शम्भु प्रसाद साह(श.अ.) ज्यूको उपस्थिति थियो ।

05/17/2019 - 11:42 राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको तस्वीर
हेण्डीक्राफ्ट(बासँको हस्तकला) तालिम समापन्न

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा आयोजक श्री ग्रामिण प्रविधि केन्द्र वीरगंज पर्सा र पटेर्वा सुगौली गा.पा को सहयोगमा मिति २०७६।०१।१५ गते देखि २०७६।०१।२५ गते सम्म १० दिने गा.पा. स्तरीय सबै वडाबाट महिला सहभागी गराई बासँको हस्तकला तालिम मिति २०७६।०१।२५ गते वडा नं.

05/09/2019 - 11:21  हेण्डीक्राफ्ट(बासँको हस्तकला) तालिम समापन्न को तस्वीर
दिवा खाजा र EGRP कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा श्री ने.रा.मा वि सुगौली दा.प मा गा.पाबाट शिक्षा शाखा प्रमूख श्री शम्भू साह ज्यू द्वारा दिवा खाजा र EGRP कार्यक्रम अन्तर्गत बालबिकासका कक्षाकोठाको अनुगमनका तस्वीरहरु

05/07/2019 - 17:47 दिवा खाजा कार्यक्रम
लोक सेवा कक्षा तयारी कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६।०१।१५ गते वडा नं. ४ स्थित श्री ने.रा.मा.वि सुगौली दा.प मा वडा अध्यक्षक श्री राजेश्वर महतो थारु ज्यूको अध्यक्षतामा "लोक सेवा कक्षा तयारी" कार्यक्रम ३० दिनेको उद्घाटन गरियो । उक्त कार्यक्रममा अथितिको रुपमा मा.वि का प्र.अ. श्री मोहन दास थारु ज्यू, शा.अ. श्री शम्भु साह, ना.सु श्री राजकुमार महतो, खरिदार श्री विरेन्द्र चौधरी, सू.प्र. अ. श्री सोलेन्द्र पंजियार , पत्रकार र पशिक्षक ज्यू र प्रशिकक्षार्थी हरुको सहभागीता थियो ।

04/28/2019 - 14:50 लोक सेवा कक्षा तयारी कार्यक्रमको तस्वीर
विदाई कार्यक्रम-श्री काशी चौधरी

यस पटेर्वा सुगौली गाउँपालिका पर्साबाट मिति २०७६।०१।१० गतेको दिन गाउँकार्यपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री सरोज कुमार चौधरी ज्यूको अध्यक्षतामा श्री काशी चौधरी (सह-लेखापाल - मिति २०७५।०२।१५ देखि २०७६।०१।१० गते सम्म)ज्यूको विदाई यस गा.पा.का सम्पूर्ण कर्मचारीहरुबाट टीका-माला र कदर पत्रका साथ यस कार्यालयबाट विदाई कार्यक्रम सम्पन्न गरियो ।यस गा.पा का तर्फबाट श्री काशी चौधरी ज्यू लाई आउने दिनमा शुभकामना तथा कार्यकाल सफलकाे कामना गर्दछ ।

04/23/2019 - 20:54 विदाई कार्यक्रम-श्री काशी चौधरीको तस्वीर
Adolescent IFA (Iron Folic Acid )कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका, पर्सामा मिति २०७५।१२।२९ गते बृहत पोषण प्याकेज तथा क्षमता अभीवृद्ध "Adolescent IFA कार्यक्रम" गा.पा.का अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा उद्घाटन सम्पन्न गरियो। उक्त १ दिने कार्यक्रममा वडा अध्यक्ष ज्युहरु, प्रमुख प्रशासकिय अधिकृत ज्यु, विद्यालयका शिक्षक-शिक्षिका, कर्मचारीहरु, स्वस्थ्यकर्मीहरु आदीको सहभागीता थियो ।

04/13/2019 - 08:09 Adolescent IFA कार्यक्रमको व्यानर
वडा स्तरीय १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर

यस पटेर्वा सुगौली गा.पा. पर्सा को पशु सेवा शाखाबाट वडा नं. १ , मलाली टोलमा मिति २०७५।१२।२५ गते वडा स्तरीय १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर आयोजन गरी वडा नं.१ का वडा अध्यक्ष श्री फरमान मिया अंसारीज्यूको अध्यक्षतामा शिविर सञ्चालन गरेको तस्वीरहरु

04/10/2019 - 14:02 वडा स्तरीय १ दिने निःशुल्क पशु स्वास्थ्य शिविरको तस्वीर
समुदायमा सरकारी वकील संवाद कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका, पर्सामा मिति २०७५।१२।२२ गतेको दिन , आयोजक श्री जिल्ला सरकारी वकील कार्यालय, पर्सा वीरगंजद्वारा संचालन कार्यक्रमको उद्घाटन गा.पा. का अध्यक्ष श्री हरिनारायण चौधरी ज्यू बाट गरियो । उक्त कार्यक्रममा गा.पाका उपाध्यक्ष ज्यू, वडा अध्यक्ष ज्यूहरु, गाउँकार्यपालिका सदस्य ज्यूहरु,पत्रकार, विभिन्न विद्यालयका प्रधानअध्याप ज्यूहरु, विद्यार्थिहरु, कर्मचारीहरु र आम नागरीकहरु को उपस्थिति थियो ।

04/05/2019 - 11:48 समुदायमा सरकारी वकील संवाद कार्यक्रमको तस्वीर

Pages