Title | Body | Date | Images |
---|---|---|---|
होली मिलन समारोह २०७८ |
यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७८ चैत्र २ गतेको दिन गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षता एवम् प्रमुख अतिथिमा होली मिलन समारोह २०७८ " शुभ-कामना आदान-प्रदान गरी" कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा विशिष्ट अतिथि गा.पा उपाध्यक्ष श्री ममता महतो , त्यसै गरी सम्पूर्ण वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , सदस्य (जनप्रतिनिधिहरु) , प्रमुख प्रशासकीय अधिकृत(श्री सन्देश कुमार यादव) लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो। |
03/16/2022 - 21:24 |
|
११२ औं अन्तर्राष्ट्रिय महिला दिवस २०७८ |
यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा श्री ने.रा.मा.वि दा.प सुगौलीमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस २०७८ फागुन २४ गते (मार्च ८, २०२२) "सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता" - राष्ट्रिय नाराका साथ भव्य रुपमा मनाईयो । |
03/08/2022 - 18:11 |
![]() |
माछापालन व्यवसायीक कृषकहरुलाई कृषि चुन तथा आवश्यक औषधी वितरण कार्यक्रम |
यस पटेर्वा सुगौली गाउँपालिका पर्साका "माछापालन व्यवसायीक कृषकहरुलाई कृषि चुन तथा आवश्यक औषधी वितरण कार्यक्रम" २०७८ माघ ११ गते समपन्न भएको केही तस्वीरहरु |
01/25/2022 - 18:26 |
![]() |
स्वास्थ्यकर्मीहरुको लागि वृहत पोषण प्याकेज तथा क्षमता अभिवृद्ध तालिम | 01/25/2022 - 12:04 |
![]() |
|
बहुक्षेत्रीय पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम | 07/01/2021 - 12:09 |
![]() |
|
१८ औं राष्ट्रिय धान दिवस २०७८ रोपाई कार्यक्रम |
यस पटेर्वा सुगौली गा.पा को वडा नं. ४ स्थित आँकवा टोलमा महिला कृषक समूहको सहयोगमा गा.पा बाट २०७८ साल असार १५ गते "धान उत्पादनमा बृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि" मूल नाराको साथ १८ औं राष्ट्रिय धान दिवस २०७८ रोपाई कार्यक्रम समपन्न भएको तस्वीरहरु |
06/29/2021 - 19:05 |
![]() |
पालिका स्तरीय परियोजना समापन बैठक |
यस पटेर्वा सुगौली गा.पा पर्सामा मिति २०७७ मंसिर २४ गते गा.पा उपाध्यक्ष श्री ममता महतो ज्यूको अध्यक्षतामा "पालिका स्तरीय परियोजना समापन बैठक" सम्पन्न गरियो । उक्त कार्यक्रममा गा.पाका प्रमुख प्रशासकिय अधिकृत श्री भुजेन्द्र प्रसाद यादव, स्वा.शाखा प्रमुख श्री जगन्नाथ साह, सूचना प्रविधि अधिकृत श्री सोलेन्द्र पंजियार, पटेर्वा सुगौली स्वा.चौकी प्रमुख श्री दिनेश रौनियार, स्वास्थ्यकर्मी, महिला स्वा.स्वयं सेवीहरु , स्थानीय पत्रकार श्री प्रमोद यादव लगायतको उपस्थिति थियो । सो कार्यक्रमको आयोजक" सुनौलो परिवार नेपाल" रहेको र ताहाँ संस्थामा कार्यरत श्री मनिषा श्रेष्ठ (Program District Officer) ले पावरपोवा |
12/09/2020 - 18:34 |
|
१० शैया/बेड अस्पताल भवन निर्माणको शिलान्यास कार्यक्रम |
मिति २०७७ मंसिर १५ गते पटेर्वा सुगौली गा.पा वडा नं. ४ मा १० शैया/बेड अस्पताल भवन निर्माणको शिलान्यास कार्यक्रम गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूबाट गरियो । सो शिलान्यास कार्यक्रममा गा.पा उपाध्यक्ष श्री ममता महतो, वडा अध्यक्ष श्री फरमान मिया, विजय गैरे, मोतिलाल साह, गा.पा सदस्य, प्रमुख प्रशासकिय अधिकृत तथा सबै कर्मचारीहरु ल्गायत गा.पा बासिन्दा/जनताहरु, पत्रकार आदिको उपस्थिति थियो । |
11/30/2020 - 13:32 |
![]() |
पाचौं गाउँ सभा |
यस पटेर्वा सुगौली गाउँपालिका पर्सा , गाउँकार्यपालिकाको कार्यालयमा गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यू को अध्यक्षतामा पाचौं गाउँ सभा - वार्षिक बजेट योजना तथा कार्यक्रम मिति २०७७ असोज १६ गते सम्पन्न भयो । उक्त कार्यक्रममा गा.पा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्र.प्र.अ लगायत सम्पूर्ण कर्मचारी, पत्रकार, सुरक्षाकर्मी आदीको उपस्थिति थियो । |
10/02/2020 - 21:55 |
|
१७औ राष्ट्रिय धान दिवन- धान उत्पादनमा कृषि आत्मनिर्भरता र समृद्धि | 06/30/2020 - 14:43 |
![]() |