यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा आयोजक श्री ग्रामिण प्रविधि केन्द्र वीरगंज पर्सा र पटेर्वा सुगौली गा.पा को सहयोगमा मिति २०७६।०१।१५ गते देखि २०७६।०१।२५ गते सम्म १० दिने गा.पा. स्तरीय सबै वडाबाट महिला सहभागी गराई बासँको हस्तकला तालिम मिति २०७६।०१।२५ गते वडा नं. ४ का वडा अध्यक्ष श्री राजेश्वर महतो थारु ज्यूको अध्यक्षतामा समापन्नको घोषणा गरियो। उक्त समापन्न कार्यक्रममा प्रमुख अतिथि गा.पा अध्यक्ष ज्यू, विशिष्ट अतिथि गा.पा उपाध्यक्ष, वडा अध्यक्ष ज्यूहरु ,प्रमुख प्रशासकिय अधिकृत ज्यू, शाखा अधिकृत ज्यू, सुचना प्रविधि अधिकृत ज्यू, राजश्व शाखा प्रमुख ज्यू, सामाजिक विकास शाखा प्रमुख ज्यू, दामोदर ज्यू आदि ल्गायतको उपस्थिति थियो। १० दिने तालिममा महिला सहभागी हरु श्री श्री १०८ दुग्देश्वर महादेव भाठ्ठा बाबा मंदिर, घडी, घर आदि बाँसको वस्तु प्रयोग गरी हस्तकलाको सिप सिकेर प्रदर्शन गर्नुभयो।