यस पटेर्वा सुगौली गाउँपालिका पर्सा अन्तर्गत वडा नं. ५ स्थित निचुटा स्वास्थ्य चौकीमा मिति २०८० सावण १६ गते १ दिने आखाँ शिविर तथा " तिलगंगा सामुदायिक आँखा केन्द्र, निचुटा" गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको प्रमुख अतिथिमा उद्याटन गरियो। उक्त शिविर तिलगंगा सामुदायिक आखाँ केन्द्र निचुटा, पटेर्वा सुगौली-५ द्वारा आयोजित गरिएको थियो। साथै कार्यक्रममा गा.पा. उपाध्यक्ष श्री ममता महतो, वडा नं. १ देखी ५ का वडाध्यक्षहरु, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा संयोजक, शिक्षा शाखा प्रमुख, स्वास्थ्यकर्मीहरु, आखाँ चिकित्सकहरु, आमजनता लगायतका उपस्थिति रहेको थियो। मिति २०८० सावण १६ गते देखी तिलगंगा सामुदायिक आँखा केन्द्र, निचुटा सञ्चालनमा आएको छ र मिति २०८० सावण १७ गते देखी न्यूनतम शुल्कमा आँखा चेकजाँच हुनेछ ।