आदरणिय यस गरिमामय पाचौं गाउँसभाका अध्यक्षता गरिरहनु भएका अध्यक्ष ज्यु
प्रमुख प्रशासकिय अधिकृत ज्यु, वडा अध्यक्ष एवम् गाउसभा सदस्य ज्युहरु
सम्पूर्ण विश्वर्नै कोभिड–१९ (कोरोना भाईरस) महामारीको चपेटामा परिरहेको चुनौतिपूर्ण र असहज अवस्थामा आज यस गाउँ सभाको बैठकलाई सम्बोधन गर्दैछु । नेपालको सर्बभौमसता, भगौलीक अखण्डता, राष्ट्रिय हित,स्वाभिमान ,लोकतन्त्र र जनजिविकाका लागि भएका विभिन्न आन्दोलनहरुमा आफनो अमूल्य जिवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पन गर्दछु । हाल कोभिड–१९ (कोरोना भाईरस) मानव जातिमा शताब्दीकै सबै भन्दा ठुलो संकट पैदा भएको छ । बिश्वस्तरमै यस महामारी बिरुद्ध लडन मौजुदा स्वास्थय सेवा र सुबिधाहरु अपर्यात देखिएका छन् । यस महामारीबाट लाखौ मानिसको ज्यान गई सक्केको छ, अरु लाखौ सङ्क्रमित छन् । यस महामारीबाट सङ्क्रमित भई नेपाल बाहिर जिवन गुमाउनुहुने नेपाली तथा अन्य मित्र राष्ट्रका नागरिकहरुका शोकाकुल परिवारजनप्रति गहिरो समबेदना ब्यक्त गर्दछु । उपचाररत सम्मपूर्ण दाजुभाई तथा दिदीबहिनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
यस पाचौ गाउँ सभामा वजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजकको हैसियतले अगामी आर्थिक वर्षआ.व.२०७७।०७८ कालागि अनुमानित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउदा म आफुलाई गर्भान्वित महसुस गरेको छु । योजना तर्जुमा गर्दा नेपालको संिवधानले निर्दिष्ट गरेका मौलिक हक र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु बमोजिम आर्थिक बिकासमा योगदान पु—याउन तथा समाजका सबै वर्ग, क्षेत्र, समुदाय, जातजाती, अल्पसंख्यक, सिमान्तकृत, अशक्त, महिला, अपाङ्ग र असहायहरुको सशक्तीकरण गर्न विकासको मूलप्रवाहमा ल्याउनका साथै, राष्ट्रिय लक्ष्यहरु, क्षेत्रगत योजनाहरुलाई मुख्य आधार बनाइएको छ । यसैगरी स्थानीय सरकर संचालन ऐन २०७४ तथा स्थानीय तहको योजाना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४लाई आधार मानी सो को पालना गरिएको छ । योजना तर्जुमा, कार्यान्वयन र अनुगमन एवं सर्वसुलभ ढंगले आम पटेर्वा सुगौली गाउँपालिका बासी समक्ष घरदैलोमै सेवा प्रवाह गर्ने दायित्व लिई जनतामुखी नीति, कार्यक्रम तथा बजेटलाई सन्तुलित, जनमुखि , आर्थिक रुपमा सम्पन्न साथै हरेक क्षेत्रमा दक्ष जनशक्ती र अग्रगामी बनाउन गाउपालिका हरसम्भव प्रयत्नशील रहेको ब्यहोरा निवेदन गर्न चाहन्छु ।
आदरणीय उपस्थित महानुभावुहरु
अगामी आ.व.२०७७।०७८ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु अघि म पर्टेवा सुगौलीको संक्षिप्त बस्तु स्थिति प्रति ध्यानाकर्षण गराउन चाहन्छु ।
१.१ स्थानीय तहको संक्षिप्त परिचय
नेपाल अधिराज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने नारायणी अञ्चलको पाच जिल्लाहरु मध्येको एक पर्सा जिल्लाकोसदरमुकाम बीरगञ्ज देखि २४ कि.मी. उतर पश्चिममा साविक चार गाउँ विकास समितिहरु पटेर्वा सुगौली,निचुटा,गादी र सोनबर्षा संयोजन भई हाल प्रदेश २ नं. अन्तर्गत पटेर्वा सुगौली गाउँपालिका मिति २०७३।११।२७ गतेगठित स्थानीय तह हो । भौगोलिक रुपमा सुगम रहेको पटेर्वा सुगौली गाउँपालिकाको पर्यटकीय,कृषि व्यवसायिक वातावरणिय लगायतका बिभिन्न बहुयामिक पक्षहरुबाट महत्वपुर्ण पहिचान रहेकोछ । जिल्लाकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल दुग्द्धेश्वरनाथ महादेव यस गाउँपालिकालाई थप पहिचान दिएको छ । यसका साथै पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत रहेको समतल भुमी, हरियो बन काठ,दाउरा,जडीबुटी संकलनबाट आम्दानी तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो ।
१.१.१ पटेर्वा सुगौली गाउँपालिकाको राजनैतिक विभाजन
प्रदेश नं. २
जिल्लाः पर्सा
वडा संख्या ५
१.१.२ भौगोलिक अवस्था तथा सिमाना
क्षेत्रफल : .६४.२९ वर्ग कि.मी.
जनसंख्या :२३९०१
पूर्व : सखुवा प्रसौनी गाउँपालिका
पश्चिम : जिराभवानी र जगरनाथपुर गाउँपालिका
उतर : पर्सा राष्ट्रिय निकुन्ज
दक्षिण : जगरनाथपुर गाउपालिका
१.२ बार्षिक नीति बजेट तथा कार्यक्रम तर्जुमा लागि अवलम्बन गरिएका पद्धति
बार्षिक वजेट तथा कार्यक्रम तयार गर्दा सहभागितामुलक योजना तर्जूमा प्रकृयाको अवलम्बन गरिएको छ अर्थात स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिबाट प्राथमिकिकरण मापदण्डको आधारमा टोल बस्तीबाट माग भैआएका योजना र कार्यक्रमहरुलाई वडा समितिमा छलफल भै प्राथमिक्ता तोकी बिषयक्षेत्र छुटयाई बजेट तथा कार्यक्रम तर्जुमा समितिमापेश भई गाउँपालिकाबाट समेत सिफारिस भएका योजना कार्यक्रमलाई प्राथमिक्तामा राखिनेछ । योजना तर्जुमा गर्दा नेपालको संंिवधानले निर्दिष्ट गरेको उदेश्य, सिद्वान्त तथा नीतिहरु, राष्ट्रिय लक्ष्यहरु, क्षेत्रगत योजनाहरुलाई मुख्य आधार बनाइएको छ । यसैगरी स्थानीय सरकर संचालन ऐन २०७४ तथा स्थानीय तहको योजना तथाबजेट तर्जुमा दिग्दर्शन २०७४लाई आधार मानी सो को पालना गरिएको छ । योजना तर्जुमा, कार्यान्वयन र अनुगमन एवं सर्वसुलभ ढंगले आम पटेर्वा सुगौली गाउपालिका बासी समक्ष घरदैलोमै सेवा प्रवाह गर्ने दायित्व लिईजनतामुखी नीति, कार्यक्रम तथा बजेटलाई सन्तुलित, जनमुखि र अग्रगामी बनाउन गाउँपालिका हरसम्भव प्रयत्नशील रहेको ब्यहोरा निवेदन गर्न चाहन्छु ।
१.३ बजेट तर्जुमाका सैद्धान्तिक आधारहरु र योजना प्राथमिकिकरणका आधारहरु प्रस्तुत गर्न चाहन्छु ।
आ.व.२०७७।०७८ को बजेट तर्जुमाका सैद्धान्तिक आधारहरुः
नेपालको संविधान,
स्थानीय सरकार सञ्चालन ऐन, २०७४
स्थानीय तहको योजना तथा बजेट तजुृमा दिग्दर्शन, २०७४,
राजश्व परामर्श समितिको प्रतिवेदन
स्रोत तथा बजेट सीमा निर्धारण समितिको श्रोत र बजेट अनुमान
बजेटको सिद्धान्त, उदेश्य र प्राथमिक्ता
विषयगत समितिहरुबाट प्राप्त सुझावहरु,
योजना प्राथमिकिकरणका आधारहरु
- आर्थिक विकास तथा गरिबी निवारण तर्फ कृषि तथा पशुपालनमा प्रत्यक्ष योगदान पुग्ने
- निशुल्क आधारभूत तथा माध्यमिक शिक्षामा योगदान दिन सकिने
- उत्पादन मुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने
- जनताको जीवन स्त्तर, आम्दानी र रोजगार बृद्धि गर्न सकिने
- स्थानीय बासिन्दाहरुको सहभागिता जुटने , स्वयम सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने
- स्थानीय श्रोत साधन र शीपको अधिक्तम प्रयोग हुने
- , वालबालिका,अपाङ्ग तथा पिछिडिएका वर्ग क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने
- लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिबृद्धि गर्ने
- दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बद्धन गर्न सघाउ पुर्याने ।
- भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सदभाव तथा एकता अभिबृद्धिमा सघाउ पुर्याउने ।
चालु आ.ब.०७७।०७८ को नीति बजेट तथा कार्यक्रम
२.१ सोच
महामारी रोकथाम नियन्त्रण र उपचारको कार्यलाई प्रभावकारी रुपमा संचालन गरी पटेर्वा सुगौली बासी आम जनतालाई सुरक्षित महसुस गराउनुका साथैे एक समुन्त,समृद्ध र उत्कृष्ट स्थानीय तहको रुपमा नमुना पटेर्वा सुगौली गाउँपालिका स्थापित गर्ने द्धीर्घकालिन सोच रहेकोछ ।
२.२ लक्ष्य
आ.ब.०७७।०७८ मा पटेर्वा सुगौली बासी आम जनतालाई सुरक्षित महसुस गराउनुका साथैे आर्थिक क्षेत्रमा (कृषि तथा पशु विकास एवम् ब्यवसायमा विकास का साथै आधारभूत शिक्षा , स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा तथा संरक्षणका अवसर उपलब्ध गराई शान्ती सुब्यवस्था सहितको न्यायपूर्ण , समुन्नत सभ्य र सुसंस्कृत समाज निर्माण का साथै भौतिक विकासका प्रगतिहरु आम नागरिकहरुले महसुस गर्न सक्ने लक्ष्य लिएको छ ।
२.३ उदेश्य
पटेर्वा सुगौली गाउँपालिका बासीले सुरक्षित महसुस गरी आफनो जिवन स्तरमा परिवर्तन भई दैनिक जिवन यापनमा सहजता भएको महसु गर्नेछ र यस गाउँपालिकालाई कोभिड–१९ (कोरोना भाईरस) मुक्त गाउपालिका बनाउन गाउपालिकाको पहिलो प्राथक्तिा रहेको छ । गाउपालिकाले माहामारी रोकथामको लागि अपनाउनु पर्ने स्वास्थ्य सजगताका ब्यवस्थाहरुको पालन गर्ने गराउने छ ।
२.४ अपेक्षित उपलब्धि
आ.ब.२०७७।०७८ को अन्त सम्म देहायका उपलब्धीहरु हासिल गर्न अपेक्षा राखिएकोछ ।
। हाल बिश्वमा फैलिएको कोभिड–१९ (कोरोना भाईरस) रोकथाम नियन्त्रण र उपचारको कार्यलाई प्रभावकारी रुपमा संचालन गराई करोना मुक्त गाउपालिका बनाईनेछ ।
।शिक्षा तर्फ प्राथमिक बिधालयमा दिवा खाजा तथा छापामय कोठाको ब्थवस्थापन गरी सम्र्पूृण वालवालिकालाई बिधालयमा भर्ना गराइ माध्यमिक शिक्षा सम्म निःशुल्क शिक्षा प्रदान गरिने छ ।
। सडक संजालको बिस्तार, स्तर उन्नति तथा सुरक्षित, गुणस्तरिय र भरपरदो रुपमा यतायात संचालन पहुचमा बृद्धि भएको हुनेछ ।
- पटेर्वा सुगौली गाउँपालिकाको कार्यालयको भौतिक संरचना निर्माणका लागी जग्गा प्राप्तिको प्रकृया अगि बढाईनेछ साथै पाचै वटा वडा कार्यालयका भौतिक संरचना लाई मर्मत संभार तथा निर्माण कार्य सुरु भई सेवा प्रवाहलाई सरल,प्रभावकारी र जनमुखी भएको हुनेछ ।
- उज्यालो पटेर्वा सुगौली गाउँपालिका अभियान सुरु भई गाउँपालिकाका सबै वडा र टोलहरुमा बिधुत सेवाको सुनिस्चितता प्रदान गरी बैकल्पिक उर्जा प्रर्वद्धनमा जोड दिइिने छ ।
- पटेर्वा सुगौली गाउँपालिकाकोपाँचै वडाहरुमा स्वास्थ्य सेवा तथा शिक्षा क्षेत्रमा देखिएका कमि कमजोरीहरुलाई निवारण गर्दै गुणस्तरिय स्वास्थ्य सेवा तथा ,शिक्षाको व्यवस्था उपलब्ध हुनेछ ।
- पटेर्वा सुगौली गाउँपालिकामा गर्दै आएको परम्परागत कृषि प्रणालीमा सुधार ल्याई कृषि बिज्ञको राय मुताबिक आधुनिकीरणको सुरुवात हुनेछ। जसबाट कृषक युवा लक्षित बर्ग लाभान्वित हुनेछ ।
- बिपद व्यवस्थापन पुर्व तयारी तथा प्रतिकार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको हुनेछ ।
- सार्बजनिक प्रशासनलाई चुस्त,दुरुस्त, पारदर्शी, जवाबदेही र भ्रष्टाचार मुक्त बनाउन नागरिक वडापत्र गुनासो सुनवाइ तथा भए गरेका कार्यहरुको सूचना प्रवाह सयन्त्रलाई प्रभावकारी बनाईनेछ ।
२.५ बार्षिक बजेट
नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा अबलम्बन गरिएका प्रमुख नीति तथा अधारहरु
२.५.१ समग्र नीति तथा आधारहरु
- यथार्थपरक आवश्यकता र प्राथमिकतामा आधारित विकास योजनामा लगानी गरी नतिजामुखी र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्ने नीति लिइएको छ । छरिएका टुक्रे विकासलाई निरुत्साहन र बृहत क्षेत्र समेट्ने समग्र योजनालाई प्रोत्साहन गरिनेछ ।
- गाउँपालिकाभित्र सञ्चालन हुने सरकारी, गैरसरकारी संघ संस्थाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आवद्ध गरी कार्यक्रममा हुने दोहोरोपन हुने दिइने छैन ।
- सार्वजनिक परीक्षण,निर्माण कार्यको भौतिक निरीक्षण मार्फत विकास कार्यलाई पारदर्शी र उत्तरदायी बनाइनेछ । लक्षित वर्गका कार्यक्रमलाई वास्तविक लक्षित वर्ग प्रत्यक्ष लाभान्वित हुने गरी उत्पादनमूलक बनाइनेछ ।
- गाउँपालिकाभित्रका परम्परागत स्थानीय उत्पादनलाई आधुनिकीकरण गर्दै सो को बजारीकरणगरी रोजगारी सृजनामार्फत आय वुद्धि गर्न प्रोत्साहत गरिनेछ ।
- स्थानीय तहको सरकारले कार्यपालकीय, व्यवस्थापकीय र न्यायिक समितिको रुपमा न्यायपालकीय अधिकार समेत प्रयोग गर्ने भएकाले नेपालको संविधानमा व्यवस्था भएका एकल अधिकार तथा साझा अधिकार सूचीभित्रका विषय कार्यान्वयनको दिशातिर उन्मुख हुँदै समृद्ध र समुन्नत गाउँपालिकाको निर्माणको लागि यथाशीघ्र विस्तृत कार्ययोजना बनाई कार्यान्वयनमा ल्याईनेछ । दुग्द्धेश्वरनाथ महादेवको मन्दिर, भुमरीमाई धार्मिक पर्यटकिय स्थल र पालिका भित्रका अन्य सडक पुलको डि पि आर (DPR) तयार गरिने छ ।
- राजश्व र कर प्रशासन सम्बन्धी नीतिको निर्माण गरी राजश्व परामर्श समितिबाट पहिचान भएका राजश्वका स्रोत, दायरा र दर अनुसार राजश्व प्राप्त गर्न प्रभावकारी व्यवस्था गरिनेछ । हामीले तिरेको कर हाम्रै लागि भन्ने नाराका साथ सबै पेशा व्यवसायलाई करको दायरामा समेटिने छ । राजश्व र कर प्रशासन सम्बन्धी नीतिलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरी लक्ष्य अनुसार वा सोभन्दा बढी राजश्व संकलन गर्न सफल वडालाई प्रोत्साहन स्वरुप पुरस्कार दिइनेछ । बजेट विनियोजन गर्दा वडागत आवश्यकता र प्राथमिकताका साथै जनसंख्या, भूगोल, पूर्वाधार लगायत वस्तुगत तथ्य र तथ्याङ्कका आधारमा संविधानले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्ने गरी तय गरिनेछ ।
- दिगो आर्थिक वृद्धि हासिल गरी आर्थिक विकास र समृद्धिको चाहनालाई सार्थक तुल्याउन वडा, टोल र बस्ती स्तरबाट प्राथमिकताका साथ छनौट भएका तथा गाउँपालिकाले समेत उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न खोजेका खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, ग्रामिण सडक, ऊर्जा, सूचना तथा संचार प्रविधिसँग सम्बन्धित आयोजनाहरुको कार्यान्वयन क्षमता बढाउनुका साथै प्रभावकारी र जवाफदेही अनुगमनको व्यवस्था गरिनेछ ।
- गाउँपालिकाको वित्तीय व्यवस्थापन क्षमता र जवाफदेहिता बढाइनेछ । जनप्रतिनिधिहरु र कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक व्यवस्था गरिनेछ । सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन संगठन, जनप्रतिनिधि र कर्मचारीको व्यवसायिकताका लागि प्रोत्साहन, प्रवद्र्धन र पुरस्कार साथै तालिमको व्यवस्था गरिनेछ । स्थानीय उपभोक्ताले विकासलाई आत्मसाथ गर्ने भावनाको विकास गर्नमा जोड दिइने छ ।
- पोषणलाई बालबालिका तथा महिलाहरुको पोषण स्थितीमा सुधारलाईसामाजिक आर्थिक विकासका लागि सबैभन्दा शक्तिशाली र कम लागतको रुपमा लिईन्छ । पोषण दिगो विकास लक्ष्यलाई तीब्रताका साथ प्राप्तीका लागि महत्वपूर्ण छ । यसका प्रभावले आर्थिक प्रगतीका साथै मानव पूँजीको रुपमा विकास भएको महशुश हुन्छ । तसर्थ बहुक्षेत्रीथ पोषण योजनालाई प्राथमिकता साथ अगाडी बढाउने नीती लिइएको छ ।
- सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई, सार्वजननिक परीक्षण, खर्च सार्वजनिकीकरण, लैंगिक बजेट विश्लेषण जस्ता विधिहरुको अवलम्वन गरि गाउँपालिका संग सम्वन्धित कृयाकलाप पारदर्शी र जवाफदेही बनाइने छ ।
- स्थानीय तहको आन्तरिक आम्दानीको दिगो स्रोतको पहिचान, व्यवस्थापन तथा परिचालनका लागि तदनुरुपका कृयाकलापहरु संचालन गरिनेछ ।
- सामाजिक विकास अन्तर्गतका कार्यक्रमहरु (शिक्षा , स्वास्थ्य र सांस्कृतिक प्रवद्र्धन तथा लैङ्गिक सामानता तथा सामाजिक सामावेशिकरण ) र आर्थिक विकास अन्तर्गतका कार्यक्रमहरु ( कृषि तथा पशु विकास ) गाउपालिका भरि एकरुपता कायम हुने गरी गाउपालिका स्तरबाट संचालन गरिने छ ।
- चालु आ.व. २०७६।०७७ मा संचालन भै अधुरा रहेका योजना र शुरु हुन नसकेका अति आवश्यक योजनाहरुलाई निरन्तरता दिइने छ।
२.५.२ क्षेत्रगत नीति तथा आधारहरु :
(क) आर्थिक क्षेत्र...
१ राजस्व परिचालन तथा स्रोत अभिवृद्धि र स्रोतहरुको पहिचान सम्बन्धी
- गाउँपालिका क्षेत्रमा करको दायरालाई फराकिलो पार्न आन्तरिक राजश्व परामर्श समितिबाट स्वीकृत राजश्वको श्रोत दायरा र दर समेतलाई आर्थिक ऐनमा उल्लेख भएका बिषय बस्तुलाई प्रभावकारी रुपमा लागु गरिनेछ ।
- यस क्षेत्रमा पाईने वन पैदवार, जडिबुटी,ढुङगा,गिटी,बालुवा र पोखरीको प्रयोगलाई करको दायरामा ल्याईनेछ ।
- राजस्व सुधार कार्ययोजना तयार गरी सोही अनुसार लागु गरिनेछ ।
- कर तिरौं कर्तव्य पालन गरौं तथा हाम्रो कर हाम्रै लागी भन्ने अनुभुति दिलाई गाउँपालिका तथा राजस्व परामर्श समितिवाट तोकिएका करहरु संकलन गर्न वडा समिति लगायत टोल टोलमा जनचेतना तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
- समयमै कर तिर्ने तथा धेरै कर तिर्ने करदातालाई प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिनेछ ।
२.कृषि तथा पशु विकास
- षि उत्पादनमा विविधिकरण र ब्यवसायिकिकरण जोड दिदैं खाद्दान्न बाली, मौसमी तथा बेमौसमी तरकारीहरु,फलफुल तथा नगदे बालीको खेती जस्ता आयमुलक खेती कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने छ । यसका लागि बिऊ मल तथा कृषि सिचाई सामाग्री –( बोरिङ्ग, मोटर, स्प्रे टंकी ) सहुलियत दरमा उपलब्ध गराइृने छ । पालिकाले धान र गहुको खेती गरी ग्रेडिङ्ग गरी उन्नत बिउ उत्पादनमा जोड दिइने छ ।
- खाद्दान्न बाली अन्तर्गत धान तथा गहुको उन्नत जातका बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउनका शाथै तरकारीको उन्नतजातको बीउ समेत उपलब्ध गराईने छ। साथै फलफुलका बिरुवा सहुलियत तथा निशुल्क रुपमा उपलब्ध गराउन ब्यवस्था मिलाइने छ । उत्पादित कृषि उपजको संकलन गरी बजारीकरण गरिने छ ।
- दुग्धजन्य ब्यवसाय प्रर्वधन र प्रोत्साहनका लागि कृषकले बिक्री गर्ने दुधमा प्रति लिटर २ रुपैया प्रदान गर्ने ब्यवस्था मिलाइने छ ।
- प्रत्येक वडामा कृषि तथा पशु प्राविधिकको ब्यवस्था गरिने छ र पालिका स्तरमा उक्त चिकित्सक ब्यवस्था गरिने छ ।
- शित भण्डार संचालनका लागि संभाब्यता अध्ययन गरि संभव देखिएमा जग्गाको ब्यवस्था गरी सानो पालिका स्तरको शित भण्डार यसै आ.व.मा स्थापना गरिने छ ।
- कृषि उपज बढाउन जथाभावी विषादीको प्रयोगबाट माटोको उत्पादकत्व क्षमतामा नकारात्मक प्रभाव पररिहेको सन्दर्भमा गाउपालिका सवै क्षेत्रमा माटो परिक्षण, विषादी नियन्त्रण र अर्गानिक गाउपालिका घोषणाको दिशा तर्फ ठोस पहल कदमिहरु चालीने छ ।
- माटोको उर्वराशक्ति कायम राख्न हरियो मल, कम्पोष्ट मल, भकारो सुधार तथा जैविक मल प्रयोगमा जोड दिइनेछ । ग्रामीण क्षेत्रमा युवा कृषि श्रमिकहरुको कमीले उत्पादनमा पर्न गएको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न कृषि यान्त्रिकीकरण कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाइने छ । उन्नत जातका पशुपालन विधी भित्राई दुध उत्पादनमा आत्मनिर्भर भई अन्य ठाउमा निर्यात गर्न सकिने छ ।
- गाउँपालिका क्षेत्र भित्र रहेका अब्बल कृषकहरुलाई प्रोत्साहनको व्यवस्था गरिनेछर समय समयमा कृषि उपभोक्ता प्रदर्शनी कार्यक्रम समेत गरिने छ ।
- यस गाउँपाालिका क्षेत्रभित्रको कृषि योग्य जमिनको पहिचान गरी व्यवसायिक खेतीको रुपमा कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागी कृषि विशेषज्ञको संयोजकत्वमा संम्भाव्यता अध्ययन गर्न र सिफारिस गर्न एक समिति बनाईने छ । यसरी सञ्चालित कार्यक्रममा गाउँपालिकाले सक्दो लगानी गर्नेछ ।
- पशु खोप कार्यक्रम, पशु गोठ व्यवस्थापन, पशु आहरा जस्ता कार्यक्रम पशुपंक्षी विकास शाखाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ ।
- यस गाउँपालिका क्षेत्र भित्र रहेका कृषिबजारलाई व्यवस्थित गरिनेछ ।
३.उधोग , बाणिज्य तथा आर्थिक विकास
- स्थानीय शिप र श्रममा आधारित उधोगलाई वातावरणमैत्री उधमको विकास तर्फ प्रोत्साहन गरिने छ ।
- आय आर्जन वृद्धिको लागि सिप विकास तालीमको अवसर जुटाई उद्दमशीलता विकासमा जोड दिइनेछ ।
- कोभिड १९लाई मध्यनजर गरीे थप रणनीति र कार्ययोजना तयार गरी क्षेत्रगत बिषेश कार्यक्रम सञ्चालन गरिनेछ । महामारीका कारण रोजगारी गुमाएका श्रमिक,साना किशान, असहाय व्यक्ति गरिब तथा विपन्न बर्गका परिवारलाई लक्षित गरी स्वास्थ्य ,शिक्षा, शिप विकास र रोजगारी एवं आय आर्जन सम्बन्धि विशेष कार्यक्रम संचालन गरिने छ ।
- गाउपालिका भित्र रहेकाथोक तथा खुद्रा पसलहरुमा बस्तुको मुल्य सूची अनिवार्य रुपमा राखिने ब्यवस्था मिलाउन पहल गरिने छ ।
- साना तथा घरेलु उधोगलाई प्रोत्साहन गर्दै स्व रोजगारको ब्यवस्था मिलाउन पहल गरिने छ।
- रोजगारीको लागि बिदेश तथा भारतबाट कोभिड —१९ का कारण हाल गाउँपालिका फर्किएका युवा —युवतीहरुका लागि स्व—रोजगारीमा समावेश हुन शिप विकास कार्यक्रम संचालन गर्नका शाथै अनुदान लगायतका बिशेष प्याकेजको ब्यवस्था गरी रोजगार सृजना गरिने छ ।
४.पर्यटन
- यस गाउँपालिका क्षेत्र भित्ररहेका दुग्द्धेश्वरनाथ , महादेव भाता, गादी माई, भुमरीमाई बनसप्ती माई लगायतका क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुप विकास गरी पर्यटकको आगवनमा वृद्धि गरिनेछ र सो स्थानमा आवश्यक भौतिक पूर्वाधारका लागि बजेट विनियोजन गरिने छ ।
- यस गाउँपालिका थारुबहुल्यता रहेकोले थारु संग्राहालयको निर्माणमा अग्रसरता देखाइने छ ।
शिक्षा तर्फ
- विधालय ल्याऔं र पढाईमा टिकाऔंकार्यक्रमलाई थप प्रभावकारी बनाई सबै विधार्थीले कम्तीमा माध्यमिक तह पूरा गर्ने व्यवस्था मिलाईने छ ।
- यस गाउँपालिका क्षेत्र भित्र रहेका सामुदायिक विधालयको भौतिक पूर्वाधार विकासमा जोड दिइनेछ पठनपाठनको वातावरणलाई सहज बनाइनेछ । यसै शैक्षिक सत्रमा दरबन्दी अनुसारकोशिक्षक÷ शिक्षिका नियुक्तीका लागि सिफारिस गरिने छ ।
- हाल कोभिड–१९ (कोरोना भाईरस) महामारीका कारण क्वारेन्टाइनको रुपमा स्थापना भएका बिधालय लगायत सम्पुर्ण बिधालष्हरुलाइ सेनिटराइज गरी कोरानाबाट बच्ने आवश्यक जनचेतना तथा कोरोनाबाट सुरक्षित हुन आवश्यक पर्ने सामाग्री उपलब्ध गराइने छ ।
- यस गाउँपालिका क्षेत्र भित्र रहेका ने.रा.मा.वि. निचुटा, ने.रा.मा.वि. रंगपुर र ने.रा.मा.वी सुगौली दा.पु लाई उच्च मा.बि. (११र१२) सञ्चालनका लागि दिदैं आएको अनुदानलाई निरन्तरता दिइने छ ।
- सामुदायिक विधालयको पठन पाठनलाई गुणस्त्तरीय बनाउन स्थानीय राजनैतिक दल, बिधालय ब्यवस्थापन समिति, शिक्षक, अभिभावक र बिधार्थी विच छलफल र हार्दिकताको वातावरण सृजना गर्न अभिप्रेरित गरिने छ ।
- साथै प्रवेशिका परिक्षामा उत्कृष्ट हुने सामुदायिक विधालयका छात्र छात्रालाई पुरस्कृत गर्ने नीति लिइनेछ ।
- विधालयमा पढ्ने छात्राहरुलाई सहज होस तथा भर्ना संख्या वृद्धिका लागी विभिन्न छात्रवृत्ति दिई प्रोत्साहन गरिनेछ ।
- यस क्षेत्र भित्र रहेका विद्यालयहरुमा क्रमश कक्षा १ देखि अंग्रेजी माध्यमद्धारा कक्षा संचालन गर्न प्रोत्साहन गरिनेछ ।
- विद्यालय उमेर समूहमा रहेका विद्यार्थीहरुको पहिचान गरि विद्यालय भित्र्याउन प्रोत्साहन कार्यक्रम तथा निजको परिवारमाआर्थिक उन्नतिको लागि आवश्यक कार्यक्रम लागु गरिनेछ ।
- छात्राहरुले विद्यालयमा पढ्ने वातावरण सृजना गर्नका निमित्त सबै बिधालयहरुमा आवश्यक्ता अनुसार निःशुल्क स्यानिट्री पैडको ब्यवस्थाका साथै विशेष किसिमका जनचेतना कार्यक्रम तथा प्रयोग भएका स्यानिट्री पैडको बिसर्जनको ब्यवस्था मिलाइनेछ।
- बाकी रहेका कक्षा १,२,३का कक्षा कोठालाई बालमैत्रि तथा छापामय कक्षा कोठाको ब्यवस्था गरिने छ ।
- सूचना प्रविधि प्रयोगशाला स्थापना भएका मा.बि.मा प्राविधिक शिक्षकको ब्यवस्था मिलाईने छ ।
- गुणस्तरिय शिक्षामा जोड दिन गाउँपालिका स्रोतबाट बिषयगत शिक्षकको ब्यवस्थापन गरिने छ ।
- शिक्षक शिक्षिकाको क्षमता बृद्घिका लागि आवश्यक तालिमको ब्यवस्था गरिने छ ।
- बिधार्थीको कमि वा शिक्षको गुणस्तरमा कमि आएमा शिक्षक शिक्षिका जिम्मेवार रहने र गुणस्तरिय शिक्षका लागि बिधालयमा आचारसहिंता तयार गरी पूर्ण रुपमा कार्यान्यनमा ल्याइने छ ।
- राम्रो गर्ने बिधालय र शिक्षिक ÷ शिक्षिकालाई बार्षिक रुपमा सम्मान गर्ने ब्यवस्था मिलाइने छ ।
- संचालित ११ र १२ को लागि सम्बन्धित निकायसंग शिक्षिक शिक्षिकाअनुदान माग गरिनेछ ।
- यस गाउँपालिकाबाट निर्माण शुरु भएका प्रस्तावित त्रिपालिका कलेज दर्ताका लागि सम्बन्धित निकायमा पहल गरिनुका साथै भौतिक पूर्वाधार निर्माणमा जोड दिइने छ ।
- प्रस्तावित त्रिपालिका बहुमुखी क्याम्पस दर्ता तथा भवन निर्माणको लागि डि पि आर (DPR) त्यार गरिनेछ ।
२. स्वास्थ्य तर्फ
- हाल बिश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम नियन्त्रण र उपचारको कार्यलाई प्रभावकारी रुपमा संचालन गरी पर्टेवा सुगौली बासी आम जनतालाई सुरक्षित महसुस गराउन कटिबद्घ रहने छ।
- यस गाउपालिका भित्र रहेका दिर्घ रोगीहरुलाई (क्यान्सर,मुटुरोग,ब्रेनहेमरेज,किडनीरोग,पारालाइसिस, पारकिसोनिज्म,अल्जाइमर ) नेपाल सरकारले तोकेको औषधि प्रत्येक स्वास्थ्य चौकीमा निशुल्क उपलब्ध गराउन ब्यवस्था मिलाउनका साथै औषधि उपचारका लागि आर्थिक सहयोगलाई निरन्तरता दिइने छ ।
- आमनागरीकलाई योगाभ्यास र शारीरिक ब्याम सहितको जीवन पद्धति अपनाउन प्रेरित गरिने छ ।
- प्राकृति मैत्री स्वच्छ जीवन प्रणली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधी क्षम्ता बृद्धि गर्ने निरोधात्मक कार्यक्रम संचालन गरिने छ । स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अबलम्बन गरिने छ ।
- मौलिक हकको रुपमा रहेको स्वास्थ्यसेवालाई जनताको घरदैलोमा सरल र सुलभ रुपमा पहुच पुर्याउन आवश्यकता अनुसार घुम्ती क्लिनिक संचालन गरिनेछ ।
- स्वास्थ्य चौकी, गाउघर क्लिनिक खोप क्लिनिकको स्तरउन्नति गर्दै सेवा प्रवाहलाई चुस्त बनाइने छ ।
- स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार निर्माणमा सुधार गरिनेछ र वडा नं. ३ सोनवर्षामा नयाँ स्वास्थ्य चौकी निर्माणका आवश्यक पहल तथा बजेट विनियोजन गरिनेछ । स्वास्थ्य सेवाहरु सर्वसुलभ एवम प्रभावकारी रुपमा संचालन गरिने छ साथैं गुणस्त्तरीय औषधी र स्वास्थ्य सामाग्रीहरुको सहज तथा प्रभावकारी आपूर्ति एवम् उपयोगलाई सुनिश्चितगरिनका साथै औषधि लगायतको लागि प्रत्येक स्वास्थ्य संस्थामा सफटवेयर जडान गरिने छ ।
- बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अनुसार कुपोषणलाई न्युनिकरण गर्ने तर्फ आवश्यक पहल गरिनेछ ।
- मातृ शिशु स्वास्थ्य र हेरचाहमा संलग्न स्वयमसेविकाको उच्च मनोवल कायम राख्न नेपाल सरकार बाहेक पालिकाले पनि प्रति महिना प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ ।
- गाउँपालिका क्षेत्र भित्रका बिरामीलाई सहज रुपमा उपचार पाउन भन्ने उद्देश्यले एम्बुलेन्स सेवा संचालन आवश्यक भएको हुदा एक एम्बुलेन्स यसै आ.व.मा खरिद गरिने छ
- गाउँपालिका भित्र रहेका सुत्केरी महिलाहरुलाई थप पोषण भत्ता उपलब्ध गराईनेछ ।
- महिला स्वास्थ्य स्वयंसेविका सेवालाई थप प्रभावकारी वनाउन स्वयंसेविकाहरुको वृत्ती विकासका लागीप्रोत्साहन स्वरुप भत्ता लगायत अन्य अत्यावश्यक सामाग्रीहरुको व्यवस्था गरिनेछ ।
- नवजात शिशु,वालवालिका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य हितका लागि पोषण सम्वन्धी कार्यक्रम संचालन गरिनेछ ।
- —१९ रोकथाम तथा नियन्त्रणका लागि अति आवश्यक स्वास्थ्य सुरक्षा सामाग्रीहरु हरेक स्वास्थ चौकीहरुमा ब्यवस्था मिलाइने छ ।
- संघ / प्रदेश तथा अन्य निकायबाट निर्माण कार्य शुरु भै अधुरो रहेका अस्पताल ÷ स्वास्थ्य चौकीहरुको निर्माण कार्य सम्पन्न गर्न आवश्यक पहल गरिने छ ।
- संचालित बरथिङ्ग सेन्टरको स्तरोन्नती गरिने छ ।
- संघिय सरकारकोनिर्णयानुसार १५ सैया अस्पतालको लागि आवश्यक जग्गा ब्यवस्थापन गरी यसै आ.व.मा निर्माण कार्यका लागि सम्बन्धित निकायमा पहल गरिने छ ।
- स्वास्थ्य कर्मीहरुको क्षमता अभिबृद्धिका लागि बिभिन्न तालिम गोष्ठिमा सहभागि गराइने छ ।
- सुत्केरी गराउन जान प्रयोग गरिने एम्बुलेन्स सेवा निशुल्क गरिने छ ।
- गा.पा स्तरीय ऐम्बुलेन्स खरिद गरिनेछ ।
३. खानेपानी तथा सरसफाई
- पानी नै प्राणी जगतको जीवनको आधार भएकोल पर्टेवा सुगौलीगाउँपालिकाका सबै वडाका जनतामा सहज पिउने पानी पु¥याउने नयाँ खानेपानी धारा जडान , पुराना आयोजनाको मर्मत संभार गरी नियमित गराउनुका साथै स्वच्छ पिउने पानीका लागि आवश्यक जनचेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरिनेछ र समय समयमा आर्सेनिक लगायतको परिक्षण गरिने छ ।
- स्वच्छ खानेपानीमा सबैको पहुँच अभिवृद्धि गरिनुका साथै सरसफाई र फोहरमैला तथा ढल व्यवस्थापनमा विशेष ध्यान दिईनेछ ।
- सरसफाईको लागि मानिसहरुको वानी व्यहोरामा आमूल परिवर्तन गर्न यस गाउँपालिका क्षेत्र भरी नै जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- गाउँपालिका क्षेत्र भित्रका मुख्य चोक बजार तथा सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण यसै आ.व.बाट शुरु गरिने छ । साथै शौचालय टंकी सफा गर्ने टयाक्टर सहितको टंकीको ब्यवस्था गरिने छ ।
- सार्वजनिक स्थलहरुमा फोहरजन्य वस्तुहरुको उचित व्यवस्थापनको लागी आवश्यक व्यवस्था गरिनेछ ।
- गाउँपालिका पूर्ण खुल्ला दिसामुक्त क्षेत्र घोषण भैसकेको अवस्थामा यसलाई थप प्रभावकारी बनाउन गाउँपालिका क्षेत्रभित्र पूर्ण सरसफाईको अभियान सञ्चालन गरिनेछ । यसका लागि गाउपालिका स्तरिय सरसफाई कार्यक्रम संचालनतथा पूर्ण सरसफाई गुरु योजना (WASH) वनाई कार्यान्वयनमा ल्याईने छ ।
४. सांस्कृतिक प्रवद्र्धन तथा लैङ्गिक सामानता तथा सामाजिक सामावेशिकरण
- माजका सबै वर्ग, क्षेत्र, समुदाय, जातजाति,अल्पसंख्यक, सिमान्तकृत, अशक्त र असहायहरुको सशक्तीकरण गरी विकासको मूल प्रवाहमा ल्याउन पहल गरिने छ ।
- यस गाउपालिका भित्र मनाइने पर्वहरु जस्तै तिज, दशैं, तिहार, छठ, माघेसंक्रान्ती (खिचडी) हाली, इद बकरिद, घाटो, ब्रहम पुजा जस्ता बहुसंस्कृति प्रवद्र्धन गरिनेछ र थारु बहुलता भएकोले बृहत रुपमा मनाइएको माघेसंक्रान्ती (खिचडी) पर्व र घाटोको लागि रकम समेत उपलब्ध गराइनेछ ।
- महिला नेतृत्व विकास र सशक्तिकरणका लागि क्षमता विकास कार्यक्रम तथा आय आर्जनका लागि सीप विकास कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
- एकल तथा दलित महिलाहरुको हित प्रवद्र्धन गर्ने, सीप विकास र आय आर्जन गर्ने कार्यक्रम संचालन गर्न प्राथमिकता दिइनेछ ।महिला बालबालिका तथा अन्य लक्षित वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने खालका आयोजनाहरुलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिनेछ ।सामाजिक कुरीतिको रुपमा रहेको वालविवाह, वहुविवाह, रुढीवाद, अन्ध विश्वास एवं भ्रमहरु ह्टाउन सामाजिक परिचालन मार्फत सचेतीकरण गरिनेछ ।
- ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण शिविर र सहायता सामग्री वितरण कार्यक्रमहरु क्षेत्रगत रुपमा संचालन गरिनेछ ।
- यस गाउँपालिकाको संस्कृतिक, सामाजिक समावेशिकरण लगायत भएका विकास निर्माण र इतिहास बोकेका धार्मिक अस्तल यस पालिकामा बसोबास गर्नहरुको भाषा सांस्कृतिक समेटेर एक उच्च स्तरको वृत चित्र निर्माण गरिनेछ ।
- भाषा संस्कृत जगेरनाको लागि पालिका भित्र एक सांस्कृतिक केन्द्र स्थापना गरिनेछ ।
- गाउँपालिका क्षेत्रभित्रका सवै विद्यालयस्तरमा, समुदायस्तरमा, वडास्तरमा र गाउँपालिक स्तरमा वालक्लव र वालसंजाल गठन तथा पुनर्गठन लाई नियमित गरी बालबालिकाहरुको नेतृत्व विकास एंव व्यवस्थापकिय क्षमता अभिबृद्धि गरी सर्वाङ्गिण विकासको नीति लिइने छ र खेल सामाग्री समेतको व्यवस्था गरिनेछ ।
- गाउँपालिकाको पहिचान दिने, रोजगारी र स्वरोजगारिता सृजना गर्ने, स्थानीय श्रोत साधनको अतिकतम प्रयोग गर्ने योजना कार्यक्रमलाई प्राथमिकता दिईनेछ । स्थानीय सहकारी तथा कृषि सहकारी संगको सहकार्यमा गरिबी न्यूनीकरण र समावेशी विकास गरी सामाजिक विभेद कम गर्दै लगिनेछ ।
- छुवाछुतमुक्त समाजको अवधारणालाई सार्थक वनाउन समुदाय तहसम्म अन्र्तघुलन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ । जातीय भेदभाव,छुवाछुत सामाजिक अपराध भएकोले दण्डनीय वनाइनेछ ।
- परम्परागत पेशा, सीप र प्रविधिमा आधारित व्यवसायलाई समावेशीकरण र आधुनिकीकरण गर्न प्रोत्साहन गरिनेछ । यौनिक लैगिंक अल्पसंख्यकहरुको मूलप्रवाहीकरणका लागि क्षमता अभिवृद्धि र आय आर्जनमा सहकार्य गर्ने कार्यक्रम संचालन गरिनेछ ।
- दुव्र्यसनमा फसेका युवाहरुलाई लक्षित गरी लागु पदार्थ दुव्र्यसन, एच.आइ.भि.एड्स नियन्त्रण गर्न समुदाय तहमा सचेतीकरण कार्यक्रम संचालन गरिनेछ । दुव्र्यसनमुक्त समाज निर्माणका लागि सकारात्मक सोंच सम्वन्धी तालिमवाट स्वरोजगार र आत्म निर्भरता तर्फ अग्रसर गराइनेछ । समुदाय तहमा संचालन गरिने पुनस्थापना कार्यक्रममा सहकार्य गरिनेछ ।
- आर्थिक समाजिक लैङ्गिक अनुकुल शासन प्रणाली अवलम्बन गरी लैङ्गिक समतामूलक तथा समानतामा आधारित योजना तर्जुमा, बजेट विनियोजन,कार्यान्वयन र अनुगमन कार्यलाई प्रभावकारी बनाउँदैलगिनेछ ।
- हिंसा पीडित, एकल महिला, जोखिममा परेका, अपाङ्ग बेसहारा महिलाहरुको अधिकार संरक्षण, प्रवद्र्धन र सामाजिक सुरक्षालाई निरन्तरता गरिनेछ ।
- समाजमा अग्रणी भूमिका निर्वाह गर्दे आएका जेष्ठ नागरिकहरु समाजका अग्रज र अमूल्य निधिहरु भएकाले उनीहरुको बाँकी जीवनयापनलाई अझ बढी सहज र सम्मानित एवम् मर्यादित बनाउन आवश्यक पहल गरिनेछ ।
- , जनजाति र उपेक्षित जातिहरुको उत्थानको लागि उनीहरुको सवलीकरण गर्ने र परम्परागत सीप, दक्षता र विशेषतामा आधारित कार्यक्रम संचालन गरिनेछ ।
- दलित बर्गको समग्र आर्थिक उन्नतिका लागि परम्परागत शिपलाई आधुनिकिकरण गर्ने कार्यक्रमहरुमा जोड दिइनेछ । आयोजनाहरुमा लाभान्वित हुने दलित बर्गको सहभागिता सुनिश्चित गरिनेछ ।
- गाउँपालिका भित्ररहेका अति विपन्न परिवारको लागि सामुहिक आवास भवन निर्माणको थालनि गरिने छ ।
- गाउँपालिका भित्र गरिबी रेखामुनी रहेका गरिबको पहिचान गरी यसै वर्ष परिचयपत्र बितरण गरिनेछ ।
- सामाजिक सुरक्षा तथाब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण अन्तर्गत ब्यक्तिगत घटना दर्तालाई डिजिटाइजेशनका लागि आवश्यक ब्यवस्था मिलाईने छ र गाउँपालिका प्रत्येक वडाको टोल बस्तीमा घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर संचालन गरिने छ ।
- बेटी बचाउ बेटी पढाउ कार्यक्रमलाई निरन्त्रता दिईनेछ ।
- गाउँपालिका स्तरीय पारस चित्र निर्माण गर्न आवश्यक बजेट तथा जनसंक्ति व्यवस्था गरिनेछ ।
ग) पूर्वाधार विकास
१. सडक, पुल
- गउपालिका.स्तरका सडकहरु निर्माण, संचालन र मर्मत संभार गर्ने कार्यलाई प्राथमिक्तामा राखी संचालन गरिनेछ ।
- सडक तथा पुल निर्माणलाई दिगो र गुणस्तरीय रुपमा निर्माण गरिने नीति लिइएकोछ । सडक निर्माण कार्य अन्तर्गत माटो पुर्ने कार्यलाई निरुत्साहित गर्दै पक्कि सडक निर्माण गरिनेछ ।
- क्रमागत र अधुरो सडक योजनाहरुलाई प्राथमिकता दिइने छ ।
- गाउँपालिका स्तरीय सडक ग्रेभल नाला तथा स(साना पूल, पुलेसा निर्माण कार्यलाई दातृसंस्थासंग समेत साझेदारी र सहकार्यमा अगाडि बढाइ बाह्रै महिना सवारी साधन चल्न सक्ने बनाउन प्राथमिताका साथ कार्यक्रम संचालन गरिनेछ ।
- झोलुङ्गे पुल निर्माण कार्यलाई प्राथमिक्तमा राखी समपुरक कोषको ब्यवस्था गरिनेछ ।
- यसै आ।व मा पालिकाको मुख्य सडकमा दुई किलोमिटर कालो पत्रे गरिने छ ।
२. ग्रामीण विद्युतीकरण तथा उर्जा विकास
- सहभागितात्मक योजना तर्जुमा प्रकृयाबाट माग भै आएका विद्युत सेवा नपुगेका वडाहरुमा विद्युत पुग्याउन सामुदायिक विद्युतीकरणलाई प्राथमिकतामा राखि कार्यान्वयन गर्दे लगिनेछ ।
- सुधारिएको चुल्हो, निर्माणमा जोड दिई घरभित्रको धुवा रहित गाउपालिकाको घोषणा गरी परम्परागत उर्जा माथिको निर्भरतालाई क्रमशः घटाउदै लगिनेछ ।
- गाउपालिका भित्र सोलर बत्ती जडानलाई प्राथमिक्ता दिइनेछ र जडान भएको सोलर बतिलाई आवश्यक मर्मतको व्यवस्था गरिनेछ।
३. सिंचाई
- कृषि पकेट क्षेत्रहरुको पहिचान गरी साना – सिंचाई आयोजनाहरु संचालन गरिनेछ । . निर्माणाधिन सिंचाई योजनाहरुलाई प्राथमिकता दिइनुको साथै पुरानो योजनाहरुको मर्मत सम्भारमा समेत जोड दिइनेछ ।
- सिंचाई सुविधा बिस्तारको लागि स्थानीय सतह सिचाई , डिप बोरिङ्ग र स्यालो टयूबेल जडान कार्यलाई प्राथमिक्तामा राखी कार्यान्वयनमा अगाडि बढाइनेछ । सिचाईका लागि बोरिङ्ग तथा मोटर सहुलियत दरमा उपलब्ध गराईने छ ।
- सम्पूर्ण खेती योग्य जमिनमाहरुमा सिंचाईको प्रबन्ध मिलाउन कोशिस गरिनेछ ।
- सोलर सिचाईको लागि आवश्यक पहल गरिनेछ ।
४. सुचना तथा सञ्चार
- गाउँपालिका क्षेत्रभित्र सबैले सूचना तथा संचारको सहज पहुँच स्थापना गर्न सार्वजनिक संस्थान तथा निजी क्षेत्रको आगमनलाई प्रवद्र्धन गरिनेछ ।
- सर्वसुलभ रुपमा फोन तथा इन्टरनेटको विस्तार र वितरणलाई व्यवस्थित गर्ने नीति लिइनेछ । स्थानीयस्तरमा स्वच्छ पत्रकारिता र पत्रकारिताको संस्थागत विकासको सहयोगी भूमिकामा राखिनेछ ।
- माध्यमिक तहका बिधालयहरुमा इन्टरनेटको ब्यवस्थालाई निरन्तरता दिइने छ ।
घ) वातावरण तथा विपद ब्यवस्थापन
- यस पटेर्वा सुगौली गाउपालिकामा आउन सक्ने प्राकृतिक तथा अप्राकृतिक विपद वाट सर्वसाधारणको जीउ ज्यान र सार्वजनिक निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवम साँस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्न तथा राहत वितरण गर्न विपद व्यवस्थापन कोषको स्थापना गरी आवश्यक रकम विनियोजन गरिनेछ ।
- स्थानीय विपद् व्यवस्थापन समिति मार्फतविपद् पूर्व तयारी तथा प्रतिकार्य योजना र जोखिम न्यूनिकरण तयारीको कार्य गरिनेछ । विपद् न्यूनिकरणका लागि पूर्व सूचना प्रणाली सम्वन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गरिनेछ ।
- यस गाउँपालिका भित्र रहेको भलुवाही खोला नदी नियन्त्रणका लागी रु ४०,००००। –अक्ष्रुपी रु चालीस लाख बजेट निनियोजन गरिनेछ साथै थप रकम मागको लागी केन्द« सरकार तथा प्रदेश सरकार सँग माग गरिनेछ ।
- ठूला आयोजनाहरु संचालन गर्दा अनिवार्य वातावरणीय प्रभाव मूल्यांकन (IEE, EIA) गरिनेछ ।
- यस गाउपालिका अन्र्तगत हरेक वडा तहमा एक हरित बाल उद्यान पार्क निमाण गरी सञ्चालनमा ल्याईने छ । जलवायु अनुकुलन सम्वन्धि कार्यक्रमहरु कार्यान्वयन गरिने छ ।
- सार्वजनिक जग्गाको सरंक्षण वडा समिति र समुदायको सहभागितामा गरिनेछ ।
- यस गाउँपालिकालाई हराभरा बनाउन तथा जलवायु परिवर्तन अनुकुलनमा सहयोग पुर्याउन हरियो गाउँ Green Village को अवधारणा अवलम्बन गरिनेछ । उक्त नीति अुरुप बाझो पर्ती, सडकको दुवै तर्फ, खेतिबारीमा बृक्षारोपण गर्न (Agro forestry) प्रवद्र्धन गर्न निशुल्क बिरुवा उपलब्ध गराइने तथा प्रोत्साहन समेत गरिनेछ ।
- जल उत्पन्न प्रकोप नियन्त्रणका लागि आवश्यक योजना संचालन गरिनेछ ।
ङ) संस्थागत विकास तथा सेवा प्रवाह
- पटेर्वा सुगौली गाउँपालिकालाई प्रविधी मैत्री गाउँपालिकाको रुपमा पहिचान गराउन IT Friendly वातावरण को सृजना गरिनेछ।
- पटेर्वा सुगौली गाउपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुका लागीकर्मचारी कल्याण कोष खडा गरी थप व्यवस्थित र प्रभावकारीता ल्याउने निति लिइने छ ।
- पटेर्वा सुगौलीगाउँपालिकाको वित्तिय कारोवारलाई कम्प्युरीकृत गरी थप व्यवस्थित गरिनेछ । वडास्तरवाट संकलन हुने राजश्वलाई Internet/Intranet Computer Network System वाट गाउँपालिकाको केन्द्रिकृत प्रणालीमा आवद्ध गरी थप व्यवस्थित वनाइनेछ ।
- व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई विभिन्न किसिमको तालिमहरु को संचालन गरि उच्च कोटीको प्रविधी अवलम्बन गर्ने निति लिईनेछ ।
- व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षाको प्रभावकारिता कायम गर्न विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु गरिने निति ल्याईने छ।
- सुशासन पारदर्शिता र जवाफदेहितामा अभिवृद्धि गराउन गाउँपालिकाले लिएको समग्र नीति र संचालित कार्यक्रम आयोजनाले पारेको सामाजिक प्रभावको लेखाजोखा गर्ने गरी सामाजिक परीक्षण र सवै आयोजना कार्यक्रमहरुमा सार्वजनिक परीक्षण र वडाक्षेत्रगत रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन तथा सम्पन्न गरिनेछ।
- वेरुजू हुन नदिने र फछ्र्यौटलाई व्यवस्थित गरिनेछ । सवारी साधन नेपाल सरकारको आचारसहिता बमोजिम संचालन गरिनेछर अफिस उपकरणको मितव्ययी ढंगवाट परिचालन गरिनेछ ।
- टेर्वा सुगौली गाउँपालिकाको सेवा प्रवाह, जानकारी, सन्देश र अनुरोध गाउँवासीहरुलाई मोवाइल एप्स मार्फत् हात हातमा उपलव्ध गराउने र गाउँवासीहरुको सुझाव सल्लाह ग्रहण गरी नागरिकको अभिमतलाई सम्मान गर्न शुरुवात गरिएको मोवाइल एप्सको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । मोवाइल एप्स प्रयोग संवन्धि जानकारीका लागि सवै वडा कार्यालयहरुमा डिजिटल जानकारी वोर्ड राख्ने व्यवस्था मिलाइनेछ।
- पटेर्वा सुगौली गाउँपालिकाको आधिकारिक वेभसाइटको नियमित अपडेट गरी नागरिकलाई प्रवाह गर्ने सेवालाई सूचना प्रविधिमा आधारित वनाउन अभिप्रेरित गरिनेछ ।
- सूचनामा पहुंच वृद्धि गर्न गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई सूचना प्रविधिसंग संवन्धित तालिम अभिमुखीकरण संचालन गरिनेछ । गाउँपालिकामासूचना केन्द्र स्थापना गरीथप व्यवस्थित र सुदृढ बनाइने छ ।
- गाउँपालिकाको भौगोलिक सूचना प्रणाली न्क्ष्क्लाई अद्यावधिक गर्दै योजना तर्जुमा राजश्व परिचालन र योजनाकार्यान्वयनमा ल्याईनेछ ।
- यस गाउँपालिकामा रहेका गै।स।स, सहकारी संस्था, धार्मिक संस्था लगायत समपूर्ण संस्थाहरुलाई पालिकामा दर्ता गरि विधान बमोजिमका कार्यहरु गर्नका लागि सहयोग गरिनेछ ।
- गाउँपालिका अन्र्तगतका मा.बि.स्तरका विद्यालयहरुमाविद्युतीय हाजिरी जडान गरी शिक्षा प्रति जवाफदेहिता प्रवद्र्धनमा थप प्रभावकारिता ल्याइनेछ ।
- गाउँपालिकाको संस्थागत विकास, तथा सुशासन, जवाफदेहिता तथा पारदर्शिता कायम गर्न आवश्यकतानुसार गाउँपालिकाको ऐन, नियमहरु, कार्यविधीहरु, निर्देशिकाशरु तर्जुमा तथा संसोधन गरी कार्यान्वयनमा ल्याइनेछ ।
- सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग वढाउदैं Paperless को रुपमा विकास गर्दै लगिनेछ । गाउँपालिकावाट जनप्रतिनिधि र कर्मचारीलाई गरिने पत्राचारलाई निरुत्साहित गरी SMS प्रणालीलाई प्रभावकारी बनाईनेछ ।
- सेवाग्राही नागरिकहरुको गुनासो व्यवस्थापन गर्नगाउँ कार्यपालिकामा गुनासो व्यवस्थापनलाई थप व्यवस्थित वनाइनेछ।
- पटेर्वा सुगौली गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त र दुरुस्त स्पमा सेवा प्रवाह गरी गराईसहयोग पुर्याउने रास्ट्रसेवक कर्मचारीहरुलाई विभिन्न प्रोत्साहनका कार्यक्रम तथाउत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई पुरस्किृत गरिनेछ ।
- गाउँपालिका क्षेत्र भित्र शान्ति सु व्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तीको संरक्षण तथा रेखदेख गर्न, कुनै पनि किसिमका सम्प्रदायिक घटनालाई निरुत्साहित गर्न, चोरी निकासी तथा अवैध कालो बजारी नियन्त्रण गर्न र आम गाउँवासीहरुको स्वतन्त्रताको हकको सुनिस्चित गर्न नगर प्रहरीको व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढाईनेछ ।
- नागरिक वडापत्रको प्रभावकारिता वृद्धि गर्न श्रव्य दृश्य (Audio Visual Citizen Charter) प्रविधिमा आधारित नागरिक वडापत्र तयार गरिनेछ । नागरिक वडापत्रलाई सबै तह, तप्का तथा वर्गको पहुचमा पु¥याउने तर्फ आवश्यक कार्य गरिनेछ । सेवाग्राहीको सहयोग र कार्यालयवाट प्रवाह गरिने सेवालाई व्यवस्थित वनाउन सहायता कक्ष (Help Desk) को स्थापना गरिनेछ ।
- जनप्रतिनिधि तथा कर्मचारीहरुको आचार संहितको कार्यान्वयनलाई प्रभावकारी बनाइनेछ । स्थानीय तहबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार गर्दै प्रक्रिया सरलीकृत गर्ने र सेवामा सर्वसाधारण जनताको पहुँच अभिवृद्धि गर्ने नीति लिइनेछ ।
- यस गाउपालिकाको कार्यालय तथा वडा कार्यालयहरुलाई भौतिक पूर्वाधारमा जोड दिई कार्यलय ब्यवस्थित वनाई कर्मचारीहरुको क्षमता अभिबृद्धि कार्यक्रम संचालन गरिनेछ ।
- सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पेशागत अनुशासनप्रति प्रतिवद्ध, पारदर्शी, भ्रष्टचारमुक्त, प्रविधियुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै लगिनेछ ।
- जनताको नजिकमा सरकारको अनुभूति दिलाउन वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाई भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाइनेछ ।
- डा कार्यालयबाट गरेका सार्वजनिक सेवाप्रवाह तथा विकास निर्माण सम्बन्धि कार्यको मासिक रुपमा प्रगति प्रतिवेदन पेश गर्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा ल्याईनेछ । गाउँपालिकाको सामाजिक तथा आर्थिक तथ्यांकहरु संकलन र अद्यावधिक गर्न तथा सूचना संजाल स्थापना गरी गाउँपालिका सूचना तथा अभिलेख केन्द्रलाई ब्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
- ) वित्तिय ब्यवस्थापन र सुशासन
- गाउपालिकाको क्रियाकलापलाई पारदर्शी, जवाफदेही, नियमित मितब्ययी बनाइनेछ । यसका लागि सामाजिक परिक्षण सार्वजनिक सुनुवाई, खर्च सार्वजनिकीकरण विधिहरुको आवलम्बन गरिनेछ ।
- सेवाग्राहीलाई सुशासनको प्रत्याभुति दिलाउनकार्यालयहरुमा वडा नागरिकपत्रमा उल्लेखित समयको आधारमा सेवा प्रवाह गरिनेछ ।
- बजेट विनियोजनको दक्षता र खर्च गर्ने क्षमता अभिवृद्धि गरिनेछ । सार्वजनिक खरिद प्रणालीलाई प्रतिस्पर्धी, पारदर्शी र गुणस्तरिय बनाउँदै लगिनेछ ।
- सार्वजनिक प्रशासनलाई स्वचछ ,सक्षम, निष्पक्ष, पेशागत अनुशासनप्रति प्रतिवद्ध, पारदर्शी , भष्ट्राचार मुक्त, जनउत्तरदायि र सहभागितामुलक बनाउँदै लगिनेछ ।
आदरणीय उपस्थित महानुभावहरु
उल्लेखित बजेट तर्जुमाका आधारमा अगामी आ.व. २०७७।०७८ मा गाउपालिकाको कुल अनुमानित बजेट रु.३४ करोड २८लाख ४९ हजार ४ सय १०. रहेको छ । जसमा आय तर्फ नेपाल सरकारबाट वितिय समानिकरण अनुदान रु. ९ करोड ६९ लाख. र विभिन्न विषयगत क्षेत्रमा गरी सशर्त अनुदान अन्तर्गत रु.१३ करोड २५ लाख, समपुरक पूंिजगत अनुदान रु.८० लाख,.राजस्व बाँडफाँड वाट प्राप्त हुने आय रु.६ करोड ६५लाख ७२ हजार ४ सय १० त्यसै गरी प्रदेश सरकारबाट वितिय समानिकरण अनुदान रु. ६९ लाख.५६ हजार ,सर्शत अनुदान रु.८०लाख, बिशेष अनुदान रु.३०लाख , समपुरक अनुदान रु.२० लाख, सवारी साधन करको बाँडफाडबाट रु.३९ लाख २१ हजार रहेको छ र आन्तिरिक आम्दानी तथा अन्य आय तर्फ अनुमानित रु.१करोड ५० लाख रहेको छ ।
अन्त्यमा यस सभामा प्रस्तुत गाउँपालिकाको लक्ष्य तथा उदेश्यहरुहरुलाई सफल र प्रभावकारी रुपमा कार्यावन्यन गर्नका लागि सम्बद्ध सबै पक्षबाट सहयोगको अपेक्षा गर्दै बार्षिक योजना तर्जुमा कार्यमा सक्रिय एवं रचनात्मक सहयोग पुर्याउनुहुने वडा अध्यक्ष ज्यूहरु, वडा सदस्य ज्यूहरु, वडा सचिव ज्यूहरु,बिषयगत समितिका प्रमुख ज्यूहरु, यस गाउँपालिकाको कार्यालयमा कार्यरत सम्मपुर्ण कर्मचारी साथीहरुलाई बिशेष धन्यबाद दिन चाहन्छु ।
धन्यवाद ।।