यस पटेर्वा सुगौली गा.पा. पर्सा अन्तर्गत वडा नं. ४ स्थीत पटेर्वामा मिति २०७६/११/१२ गते १ दिने निःशुलक पशु स्वास्थ्य शिविर वडा नंं. ४ का वडा अध्यक्ष श्री राजेश्वर महतो थारु ज्यूको अध्यक्षतामा उद्घाटन गरी एक दिन कार्यक्रम संचालन गराई समपन्न गरियो । उक्त पशु शिविरमा पशु शाखा प्रमुख श्री राम प्रसाद यादव , पशु कर्मचारी श्री पृथ्वीनारायण साह, बाहुदेव दहाल, कृष्ण थापा, रमेश चौधरी आदी ल्गायतका सहयोगी कर्मचारीहरुको सहजीकरणमा १ हजार भन्दा बढी पशु( बाख्रा, बोका, रांगा, भैसी आदी) को स्वास्थ्य जाचँ गरी निःशुलक औषधी सहित वितरण गरियो।