यस पटेर्वा सुगौली गाउँपालिकामा मिति २०७९।११।२ गते देखि २०७९।११।६ गते सम्म निचुटा स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सञ्चलन हुुन गई रहेकोले मिति २०७९।१०।२१ गते गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरीको अध्यक्षतामा गाउँकार्यपालिकाको कार्यालयमा नेत्र विशेषज्ञ डा. सन्दुक रूइत लाई निःशुल्क आँखा शिविरको अभियानमा स्वागत गरेको थियो। उक्त कार्यक्रममा उपाध्यक्ष,प्र.प्र.अ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सदस्यहरु, सर्वसाधारण, , कर्मचारीहरु, आँखा सम्बन्धी समस्या भएका व्यक्तिहरुको उपस्थिति रही यस विषयमा छलफल ,सल्लाह, सुझाव आदान प्रदान गरियो। शिविरमा उहाँ ल्गायत अनुभवी टोलीबाट आँखा परिक्षण गराउने डा. रुइतले जानकारी दिनु भएको थियो।