यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को सहयोगमा मिति २०७५/०३/१३ गते स्वास्थ्य तथा वातारण संरक्षण केन्द्र वीरगंजको आयोगनमा सरसफाइ /पूर्ण सरसफाइ सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम ४ नं. वडा स्थित श्री नेपाल राष्ट्रिय मा. वि सुगौली दा.प मा वडा अध्यक्ष राजेश्वोर महतो थारु को अध्यक्षतामा संचालन गरियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि गा.पा. का अध्यक्ष श्री हरिनारायण चौधरी ज्यु , विशेष अतिथि उपाध्यक्ष श्रीमती ममता महतो ज्यु र प्रमुख प्रशासकिय अधिकृत श्री बाबुराम न्यौपाने ज्यु हुनु हुनथियो।
यस कार्यक्रममा वडा नं. ४ , पटेर्वा सुगौली का सदस्य ज्यु हरु , नागरिक समाजहरु का सहभागिता थियो र सरसफाइ सम्बन्धी आयोजकद्वारा प्रस्तुत गरियो।