यस पटेर्वा सुगौली गाउँपालिका, पर्सा अन्तर्गत वडा नं. २ स्थित मिति २०७६/०५/११ गते बुधबार भुमरीमाई धार्मिक पर्यटन स्थलमा श्री शंकर महादेवको मूर्तिको प्राण प्रतिष्ठा पूजा समारोह कार्यक्रम गा.पा. अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको प्रमुख अतिथिको उपस्थितिमा समपन्न गरियो। उक्त कार्यक्रममा गा.पा का कार्यपालिका तथा वडा सदस्य ज्यूहरु, कर्मचारीहरु, स्थानीय जनता , पत्रकार आदीको उपस्थिति थियो ।