यस पटेर्वा सुगौली गाउँपालिका, पर्साको कृषि शाखाबाट गँहुको बिउ मिति २०७५।०८।१० गते देखि ५० प्रतिशत अनुदानमा वितरण भई रहेको व्यहोरा जानकारी गराईन्छ । गँहुको बिउ लिनको लागि आफ्नो वडा कार्यालयबाट अनिवार्य रुपमा सिफारिस पत्र , नागरिकता र जग्गा धनीको प्रमाणपत्रको प्रतिलिपि आवश्यक छ । थप जानकारीको लागि कृषि शाखामा छिटै सम्पर्क राख्नुहोला ।