यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६/०३/२४ गते पटेर्वा सुगौली गाउँकार्यपालिकाको कार्यालय भवनममा तेस्रो गाउँ सभाको आ.व २०७६/०७७को निती , बजेट तथा कार्यक्रम माथि छलफलको दोस्रो बैठक गा.पा. अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा गा.पा. उपाध्यक्ष ज्यू, वडा अध्यक्ष ज्यू, प्रमुख प्रशासकिय अधिकृत ज्यू, गाउँकार्यपालिका सदस्य ज्यूहरु, गाउँ सभा सदस्यज्यूहरु, पत्रकार,कर्मचारीहरु आदि ल्गायतका उपस्थिति थियो ।
यस गाउँपालिकाको साथै समुदाय स्तर , वडा समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति हुदै गाउँकार्यपालिकाबाट छनौट र प्राथमिकिकरण भई पेश भएको आर्थिक वर्ष २०७६र०७७ मा गाउँपालिकाबाट संचालन हुने र गाउँपालिकाका मार्फत अन्य निकाय ( प्रदेश सरकार र संघिय सरकार) मा पेशगर्नु पर्ने गरी प्राप्त भएको योजनाहरु यस गाउँ सभामा पेश भए अनुरुप कूल अनुमानित बजेट रु.३४१६७०५००। – ( चौतिस करोड सोह्र लाख सतर लाख पाचँ सय ) रहेको छ । जसमा नेपाल सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान रु.९ करोड ५० लाख राजश्व वांडफाडबाट रु.६ करोड ७८ लाख र सर्शत अनुदान अन्तर्गत रु. ११ करो८ ७६ लाखमा राष्ट्रिय ग्रामिण तथा नवीकरणीय उर्जा कार्यक्रम रु.११ लाख ७५ हजार , कृषि विकास तर्फ रु.१० लाख , पशु स्वास्थ्य ,रोग अन्वेशषण सेवा तथा क्वारेन्टाईन र पशुपन्छि सेत ब्यवस्थापन तथा प्रवद्र्घन कार्यक्रम रु.६ लाख ४५ हजार, खेलकुद विकास कार्यक्रम तर्फ रु.१ लाख, शिक्षा तर्फ ८ करोड ७९ लाख ४ हजार, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम रु.६० लाख, स्वास्थ्य तर्फ प्राथमिक स्वास्थ्य, रोग नियन्त्रण, एकिकृत महिला स्वास्थ्य तथा प्रजजन कार्यक्रम , एकिकृत बाल स्वास्थ्य तथा पोषण कार्यक्रम, महामारी तथा रोग नियनत्रण कार्यत्र्रम, अपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण जस्ता कार्यक्रम तफृ रु.२ करोड २ लाख ९९ हजार र २ नं. प्रदेश सरकारबाट बित्तिय समानिकरण तर्फ रु.६९ लाख ३७ हजार, बिशेष अनुदान रु.२० लाख , समपुरक अनुदान रु.३० लाख र सर्शत अनुदान रु.५० लाख र युनिसेफ नेपालबाट स्वास्थ्य शिक्षा,पोषण वालसंरक्षण खानेपानी तथा सरसफाई विपद जोखिम न्युनिकरण र बाल केन्द्रित योजना कार्यक्रमका लागि रु.१० लाख ६४ हजार ५ सय तथा थस गाउपालिकाको आन्तरिक राजश्व रु.६० लाख र अन्य आय (चालु आ.व.बाट खर्च हुन नसकि बाकी हुने अल्या रकम ) रु.२ करोड लाख ५० लाख गरी जम्मा रु.३२ करोड ९४ लाख १ हजार ५ सय अनुमानित आय रकम स्वीकृत गरियो ।
त्यसै गरी अगामी आ.व. २०७६÷०७७ को लागि प्राप्त हुने वित्तिय समानिकरण अनुदान, आन्तरिक राजश्व तथा अन्थ आयको रकमबाट वडा स्तरीय योजना कार्यक्रम संचालन गर्न रु.३ करोड , कृषि र पशू विकास तर्फ १ करोड २५ लाख, सहकारी तर्फ २ लाख, स्वास्थ्य तर्फ रु.८० लाख , शिक्षा विकास तर्फ रु.२ करोड ८ लाख २० हजार , खेलकुद विकास तर्फ रु.१३ लाख ५० हजार, खानेपानी तथा सरसफाई १ करोड ५ लाख ५७ हजार, संस्कृतिक प्रवर्धन १ करोड १२ लाख ५० हजार, खेलकुद तथा मनोरञ्जन तर्फ १३ लाख ५० हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण १ करोड ९० लाख, सिचाई २० लाख ५० हजार, भवन तर्फ ६५ लाख ५० हजार, स्थानीय सडक पुल तथा झोपु ४ करोड ४३ लाख ७५ हजार, उर्जा तथा वातवरण तर्फ रु.२० लाख, जल उत्पन्न ३३ लाख, , बिभिन्न कोषहरु रु.१ करोड २५ लाख र चालु खर्च ५ करोड ४६ लाख १५ हजारको अनुमानित बजेट विनियोजन रकम स्वीकृत गरियो ।