यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा अनलाईन व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली (VERSP-MIS) तालिम मिति २०७५।१२।१० गतेको दिन श्री ने.रा.मा.वि सुगौली दा.प, पर्सामा मिति २०७५।१२।१० देखि २०७५।१२।१४ गते सम्म वडा सचिव र कम्पयुटर दक्ष कर्मचारीहरुलाई लक्षित गरी सो तालिमको सुरुवात भएको छ । उक्त कार्यक्रमको उद्घाटन गा.पा. का अध्यक्ष श्री हरिनारायण चौधरी ज्युले गर्नु भएको थियो र विशिष्ट अतिथिमा श्री ने.रा.मा.वि सुगौली दा.प का प्र.अ श्री मोहन दास थारु ज्यु हुनुहुुनथियो । साथै प्रशिक्षकमा राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभागबाट VERSP-MIS सम्बन्धी फोकल पर्सन श्री झनक कुमार खुलाल (बिबेक खुलाल) ज्यु हुनुहुनथियो ।